default_image

2 years ago

May 19, 2022

एमबाप्पेले रियल म्याड्रिडसँग सम्झौता गरिसकेको दावी

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता गरिसकेको दावी बाहिरिएको छ । एमबाप्पेले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो भविष्य टाढा रहेको निर्णय गर्दै रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गर्न सहमत भएका खबर बाहिरिएको हो । २२ वर्षीय एमबाप्पेको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै र त्यहाँ […]

77 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता गरिसकेको दावी बाहिरिएको छ ।

एमबाप्पेले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो भविष्य टाढा रहेको निर्णय गर्दै रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गर्न सहमत भएका खबर बाहिरिएको हो । २२ वर्षीय एमबाप्पेको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै र त्यहाँ अर्को सिजन कहाँ खेल्छन् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

अहिलेसम्म एमबाप्पेले पीएसजी वा रियल म्याड्रिडमा जाने प्रतिवद्धता सार्वजनिक गर्न अस्वीकार गरेका छन् तर आइतवार राति लिग १ अवार्ड समारोहमा उनले आफ्नो भविष्यबारे छिट्टै घोषणा गरिने बताएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार फरवार्डले गत हप्ताको सुरुमा वार्ताका लागि म्याड्रिड भ्रमण गरेपछि २०२७ सम्मका लागि सम्झौता गर्दै स्पेनिस च्याम्पियन रियलमा हस्ताक्षर गर्नेछन् ।

मार्काको दाबी अनुसार सान्टियागो बर्नाबेउमा एमबाप्पेको तलब पीएसजीले उनलाई लिग १ मा रहन प्रस्ताव गरेको भन्दा कम रहेको छ । ‘म मेरो भविष्यको बारेमा भन्न सक्दिन तर तपाईले चाँडै थाहा पाउनुहुनेछ, यो लगभग तय भइसकेको छ,’ एमबाप्पे ले आइतबार राति भनेका थिए, ‘मैले निर्णय त लिइसकें, तर यो सही समय होइन ।’

एमबाप्पे अवार्ड समारोहमा लगातार तेस्रो वर्ष लिग वानको प्लेयर अफ द सिजन घोषित भए । एमबाप्पेले यो सिजन पिएसजीलाई लिग वानको च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका छन् । उनले यो सिजन लिग वानमा २५ गोलसँगै १७ असिस्ट दिएका छन् ।

एमबाप्पेको रियल म्याड्रिड जाने पुष्टि भएसँगै एक वर्षदेखि चलिरहेको ट्रान्सफर गाथाको अन्त्य हुनेछ । लस ब्लान्कोसले गत समरमा एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरे तर पीएसजीले १५४ मिलियन पाउण्डसम्मको प्रस्ताव अस्वीकार गरेको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.