default_image

2 years ago

May 16, 2022

सुआरेजले एटलेटिको म्याड्रिड छाड्ने

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडका उरुग्वेली फरवार्ड लुइस सुआरेजले सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । क्लबले आइतबार सेभिल्लाविरुद्ध भएको खेलअघि सुआरेजले क्लब छाड्ने घोषणा गरेको थियो । क्लबले समर्थकबाट राम्रो बिदाइ होस् भन्दै सिजन समाप्त हुनुअघि नै घोषणा गरेक जनाएको छ । सुआरेजसँगै मेक्सिकन मिडफिल्डर हेक्टर हरेराले पनि क्लब छाड्ने भएका छन् […]

56 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडका उरुग्वेली फरवार्ड लुइस सुआरेजले सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ ।

क्लबले आइतबार सेभिल्लाविरुद्ध भएको खेलअघि सुआरेजले क्लब छाड्ने घोषणा गरेको थियो । क्लबले समर्थकबाट राम्रो बिदाइ होस् भन्दै सिजन समाप्त हुनुअघि नै घोषणा गरेक जनाएको छ । सुआरेजसँगै मेक्सिकन मिडफिल्डर हेक्टर हरेराले पनि क्लब छाड्ने भएका छन् । उनी भने अमेरिकी टोली हस्टन डाइनामोमा अनुबन्धित हुँदैछन् ।

सुआरेज गत सिजनको सुरुवातमा बार्सिलोनाबाट आएका थिए । बार्सिलोनाले उनको आवश्यकता नरहेको बताएपछि सुआरेजले एटलेटिको म्याड्रिडलाई आफ्नो गन्तव्य बनाएका थिए । सुआरेजकै उच्च प्रदर्शनमा एटलेटिकोले बार्सिलोना र रियल म्याड्रिडलाई पछि पार्दै लिग उपाधि जितेको थियो । सुआरेजले गत सिजन २१ गोल गर्दै उपाधि दिलाएका थिए ।

यस सिजन भने सुआरेजले ११ गोल र २ असिस्ट प्रदान गरे । उनी अब कुन क्लब जाने भने पक्का भइसकेको छैन ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.