default_image

2 years ago

May 18, 2022

बेलले रियल म्याड्रिड छाड्ने

एजेन्सी – वेल्सका फरवार्ड ग्यरेथ बेलले यो सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् ।बेलको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । रियलले बेलको सम्झौता नविकरण नगर्ने बताइसकेको छ । रियलमा विरलै अवसर पाएका ३२ वर्षीय बेलको पनि रियलमा बस्ने योजना रहेको छैन । एजेन्ट जोनाथन बार्नेटले पनि बेलले रियल छाड्ने पुष्टि गरेका छन् […]

129 views

0 Bookmark

एजेन्सी – वेल्सका फरवार्ड ग्यरेथ बेलले यो सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् ।
बेलको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

रियलले बेलको सम्झौता नविकरण नगर्ने बताइसकेको छ । रियलमा विरलै अवसर पाएका ३२ वर्षीय बेलको पनि रियलमा बस्ने योजना रहेको छैन । एजेन्ट जोनाथन बार्नेटले पनि बेलले रियल छाड्ने पुष्टि गरेका छन् । तर उनले यो पनि स्वीकार गरे कि बेलले फुटबलबाटै सन्न्यास लिने कि नलिने भन्ने वेल्स विश्वकपमा छनोट हुने या नहुनेले भविष्य निर्धारण गर्नेछ ।

‘बेलले रियल म्याड्रिड छोड्दैछन्, तर हामीले वेल्सले के गर्छ भनेर पर्खनु पर्छ । यो सबै उसको राष्ट्रिय टोली विश्वकपमा छनोट हुन्छ कि हुँदैन भन्नेमा भर पर्छ, त्यसपछि हामी निर्णय गर्नेछौं, जुन वेल्सले विश्वकपमा जाने वा नजाने फरक हुन सक्छ । एजेन्ट जोनाथनले भने ।

क्लबमा बेलको विवादास्पद अवस्थाका कारण हालैका वर्षहरूमा म्याड्रिडको चपेटामा परेका बार्नेटले नोभेम्बरमा विश्वकप खेलिने तथ्यको आलोचना गरेका थिए ।

‘यो अहिलेसम्म गरिएको सबैभन्दा हास्यास्पद निर्णय हो । यो पागलपन हो । हामी सबै सिजनमा सप्ताहन्तमा खेलहरू हेर्ने बानी परेका छौं, र अचानक नोभेम्बर आयो र सबै रोकिन्छ ।’ विवादास्पद एजेन्ट भन्छन् । बेलले यो सिजन ला लिगा सान्टान्डरमा लस ब्लान्कोसका लागि जम्मा पाँच पटक मात्रै खेल्दा एक गोल गरेका छन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.