default_image

2 years ago

May 21, 2022

च्याम्पियन रियल म्याड्रिड अन्तिम खेलमा रोकियो

एजेन्सी – यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा बराबरीबाट लिगको अन्त्य गरेको छ । रियलले घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरी खेल्दै सिजनको अन्त्य गरेको हो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यो नतिजासँगै च्याम्पियन […]

68 views

0 Bookmark

एजेन्सी – यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा बराबरीबाट लिगको अन्त्य गरेको छ । रियलले घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरी खेल्दै सिजनको अन्त्य गरेको हो ।

सान्टियागो बर्नबेउमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यो नतिजासँगै च्याम्पियन बनिसकेको रियलले ३८ खेलबाट ८६ अंक जोड्यो । यो सिजन उच्च प्रदर्शन गरेको रियलले २६ खेलमा जित, ८ बराबरी र ४ हारको नतिजा निकाल्यो । रियलले यो सिजन ला लिगामा स्पान्योल, गेटाफे, बार्सिलोना र एट्लेटिको म्याड्रिडसँग हार बेहो¥यो ।

अन्तिम खेलमा च्याम्पियन रियललाई बराबरीमा रोक्न सफल रियल बेटिसले पाँचौ स्थान पक्का गर्दै अर्काे सिजनको युरोपा लिग खेल्ने पक्का गरेको छ ।

यस्तै अन्तिम खेलमा रायो भालेकानोलाई ४–२ ले पराजित गरेको लेभान्टे रेलिगेसनमा परेको छ । लेभान्टेले ३८ खेलबाट ३५ अंक जोड्दै १९औं स्थानमा रह्यो । पराजित रायो भालेकानो ४२ अंक जोडेर १२औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.