default_image

2 years ago

May 21, 2022

ट्याम्मीको कीर्तिमानमा रोमाको सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड ट्याम्मी अब्राहमको कीर्तिमानी गोलमा रोमाले इटालियन सिरी ‘ए’ मा सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ । रोमाले घरेलु टोली टोरिनोलाई ३–० ले पराजित गरेको हो । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले एक गोल थपे । टोरिनोमा शुक्रबार राति भएको खेलको ३३औं मिनेटमा ट्याम्मीको गोलबाट रोमाले सुरुवाती अग्रता […]

61 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ट्याम्मी अब्राहमको कीर्तिमानी गोलमा रोमाले इटालियन सिरी ‘ए’ मा सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ ।

रोमाले घरेलु टोली टोरिनोलाई ३–० ले पराजित गरेको हो । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले एक गोल थपे ।

टोरिनोमा शुक्रबार राति भएको खेलको ३३औं मिनेटमा ट्याम्मीको गोलबाट रोमाले सुरुवाती अग्रता लिन सफल भयो । उनले लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए । ४२औं मिनेटमा ट्याम्मीले पेनाल्टीमार्फत गोल गर्दै रोमाको अग्रता दोब्बर पारे । त्यसपछि ७८औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले पेनाल्टीमा गोल गर्दै रोमाको सानदार जित पक्का गरे ।

टोरिनोविरुद्ध दुई गोल गरेसँगै ट्याम्मी इटालियन सिरी ‘ए’ मा एकै सिजन सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी बनेका छन् । इंग्लिस क्लब चेल्सी र एस्टन भिल्लाका पुर्व फरवार्ड ट्याम्मीले सिरी ‘ए’ मा यो सिजन १७ गोल गर्न सफल भए । यसअघि यो कीर्तिमान १९६१–६२ को सिजनमा ग्यारी हिटचेनले इन्टर मिलानबाट एकै सिजन १६ गोलको कीर्तिमान राखेका थिए ।

यो जितसँगै रोमा छैटौं स्थानमा रहँदै अर्काे सिजनको युरोपा लिगको लागि छनोट भएको छ । रोमाले ३८ खेलबाट ६३ अंक जोड्यो । टोरिनो ५० अंक जोडेर ११औं स्थानमा रह्यो ।

ट्याम्मीले यो सिजन आफ्नो लागि निकै राम्रो रहेको र ट्रफीका साथ सिजनको अन्त्य गर्न सक्ने बताएका छन् । २४ वर्षीय ट्याम्मी २०२१ मा इंग्लिस क्लब चेल्सीबाट ३४ मिलियन पाउन्डमा रोमामा अनुबन्ध भएका थिए । रोमाले अब बुधबार राति युरोपा कन्फ्रेन्स लिगको फाइनलम फियोनुर्डसँग खेल्दै सिजनको अन्त्य गर्नेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.