default_image

2 years ago

May 22, 2022

लाइप्जिग जर्मन कप च्याम्पियन

एजेन्सी – आरबी लाइप्जिग जर्मन डिएफवी पोकल (जर्मन कप) को च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै डिएफवी पोकल च्याम्पियन बनेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा लाइप्जिगले बाजी मार्न सफल भयो । टाइब्रेकरमा […]

74 views

0 Bookmark

एजेन्सी – आरबी लाइप्जिग जर्मन डिएफवी पोकल (जर्मन कप) को च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै डिएफवी पोकल च्याम्पियन बनेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी तथा अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा लाइप्जिगले बाजी मार्न सफल भयो ।

टाइब्रेकरमा लाइप्जिगका क्रिस्टोफोर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गरे । फ्रेइवर्गका निल्स पिटर्सन र केभिनले मात्रै गोल गर्न सफल हुँदा क्रिस्टियन गुन्टर र इर्मिडिन डेमीरोभिकले गोल गर्न सकेनन् ।

त्यसअघि बर्लिनमा शनिबार राति भएको खेलको १९औं मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलबाट फ्रेइवर्गले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा लाइप्जिग १० खेलाडीमा समेटिन पुग्यो । मार्सेल हाल्सटेनवर्ग सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

७६औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले विल्ली अर्वनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयमा लम्विदा ११८औं मिनेटमा लाइप्जिग ९ खेलाडीमा समेटिन पुग्यो । केभिन काम्पल दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ९ खेलाडीमा समेटिएपनि लाइप्जिगले टाइब्रेकरमा बाजी मार्न सफल भयो ।

लाइप्जिग तेस्रोपटक फाइनल प्रवेश गर्दै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । पहिलोपटक फाइनल प्रवेश गरेको फ्रेइवर्गले उपाधि भने जित्न सकेन ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.