default_image

2 years ago

May 22, 2022

बेन्जेमाका लागि एमबाप्पे ‘धोकेबाज’

एजेन्सी – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले लामो चर्चापछि अन्तत: पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने घोषणा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडसँग मौखिक सम्झौता गरिसकेका एमबाप्पेले पिएसजीमै बस्ने निर्णय लिँदा म्याड्रिड खेमा निकै निराश भएको छ । विशेषगरी रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमा एमबाप्पेसँग निकै रुष्ट भएको अनुमान गर्न सकिन्छ । व्यक्तिगत रुपमा पनि […]

70 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले लामो चर्चापछि अन्तत: पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने घोषणा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडसँग मौखिक सम्झौता गरिसकेका एमबाप्पेले पिएसजीमै बस्ने निर्णय लिँदा म्याड्रिड खेमा निकै निराश भएको छ ।

विशेषगरी रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमा एमबाप्पेसँग निकै रुष्ट भएको अनुमान गर्न सकिन्छ । व्यक्तिगत रुपमा पनि एमबाप्पेसँग नजिक रहेका बेन्जेमाले गत वर्ष फ्रान्सेली राष्ट्रिय टोलीमा फर्केयता नै एमबाप्पेसँग राम्रो साझेदारी स्थापित गरेका थिए । मैदान भित्र र मैदान बाहिर दुवैमा राम्रो सम्बन्ध रहेका यी दुई बीच यो ट्रान्सफर खबरले सम्बन्धमा असर पर्ने अनुमान गर्न सकिन्छ ।

शनिबार राती एमबाप्पेले आफू पिएसजी बस्ने पक्का गरेका थिए । त्यस्को केहीबेरमा नै बेन्जेमाले सामाजिक संजाल इन्स्टाग्राममा रियल म्याड्रिडलाई औंलाले देखाउँदै नम्बर १ क्लब भएको पोस्ट गरे । त्यसपछि उनले र्याप संगीतका महान टुपाक शाकुरको एक तस्बिर पोस्ट गरे ।

उक्त तस्बिरमा टुपाकसँगै उनको नजिकका साथी पनि रहेका थिए । टुपाकको असामयिक निधनमा तिनै साथीको धोकेबाजी कारण रहेको आरोप रहँदै आएको छ । बेन्जेमाले घुमाउरो संकेत गर्दै एमबाप्पेलाई तिनै साथीजस्तो धोकेबाज रहेको इंगित गर्न चाहेको अनुमान रहेको छ ।

एक दिन अघिसम्म न रियल म्याड्रिड न पिएसजी दुवैलाई एमबाप्पे कहाँ खेल्छन् भन्ने थाहा थिएन । एमबाप्पेले दुवै क्लबसँग मौखिक सम्झौता गरिसकेका थिए । एमबाप्पेकी आमा र उनको प्रतिन्दिही फायजा लमारीले पनि दुवै क्लबसँग सम्झौता छलफल पूरा भएको र एमबाप्पेले नै अन्तिम निर्णय लिने बताएका थिए ।

रियल र पिएसजी दुवै क्लबले एमबाप्पेलाई नयाँ सम्झौता हस्ताक्षर गरेवापत १ सय ५० मिलियन युरो तिर्न राजी भएका थिए । दुवै क्लबले एमबाप्पेले आफ्नो तस्बिर अधिकारको अधिकांश रकम तथा वार्षिक तलब ४० मिलियन युरो रहनेमा पनि सहमति जनाएका थिए ।

तर एमबाप्पेले अन्तिम समयमा रियल नजाने निर्णय बताए । उनले यसबारे रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई व्यक्तिगत फोन सम्पर्कमार्फत नै जानकारी दिए । सन् २०१७ मा नै एमबाप्पे पिएसजी जाने समयमा रियलले उनलाई अनुबन्ध गर्न खोजेको थियो । तर पिएसजी सफल भयो । रियलले भविष्यमा एमबाप्पे रियल आउने आशा राखेको थियो । फेरी एकपटक त्यो आशा निराशामा बदलिएको छ । एमबाप्पेले सन् २०२५ सम्मका लागि पिएसजीमा सम्झौता गरेका छन् ।

एमबाप्पे बाल्यकालमा हुँदा रियल म्याड्रिडका खेलाडीको पोस्टर उनको कोठामा थियो । उनी विशेषगरी क्रिस्टियानो रोनाल्डोको समर्थक थिए । तर पटक पटक आफ्नो सपनाको क्लब जाने अवसरलाई पनि एमबाप्पेले नकारेका छन् । फेरी एकपटक पिएसजीले प्रस्ताव गरेको मोटो रकमको प्रस्तावले एमबाप्पेलाई लोभ्याएको आरोप आम समर्थकले लगाएका छन् ।

यता एमबाप्पे नआउने भएपछि रियल म्याड्रिड समस्यामा परेको छन् । सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि क्लबले ठूलो नाम भित्र्याउन सकेको छैन । इडेन हाजार्ड सन् २०१९ मा आएपनि उनले त्यस अनुसार प्रदर्शन गर्न सकेका छैनन् । युरोपको शीर्ष क्लबले ठूलो खेलाडी अनुबन्ध गर्न नसक्दा अध्यक्ष पेरेजमाथि दबाब पक्कै छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.