default_image

2 years ago

May 22, 2022

दुई मिलान क्लब अन्तिम दिन उपाधि होडमा

एजेन्सी – युरोपेली क्लब फुटबलको यो सिजनको चर्चित घरेलु लिगहरु सकिने संघारमा छन् । जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान सकिसकेको छ भने प्रिमियर लिग र इटालियन सिरी ए को उपाधि छिनोफानो आज हुँदैछ । बुन्डेसलिगामा बायर्न म्युनिख तथा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन बनाएर लिगको समापन भइसकेको छ । आइतबार […]

79 views

0 Bookmark

एजेन्सी – युरोपेली क्लब फुटबलको यो सिजनको चर्चित घरेलु लिगहरु सकिने संघारमा छन् । जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान सकिसकेको छ भने प्रिमियर लिग र इटालियन सिरी ए को उपाधि छिनोफानो आज हुँदैछ ।

बुन्डेसलिगामा बायर्न म्युनिख तथा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन बनाएर लिगको समापन भइसकेको छ ।

आइतबार राति इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’ मा अन्तिम राउन्डका खेलहरु हुदैछ । स्पेनमा रियल म्याड्रिड च्याम्पियन बनिसकेको छ । प्रिमियर लिग र सिरी ‘ए’ मा अन्तिम म्याच डेपछि नै उपाधिको छिनोफानो लाग्नेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल तथा सिरी ‘ए’ मा दुई शहरी प्रतिद्वन्द्वी एसी मिलान र इन्टर मिलान उपाधि दौडमा छन् ।

सिरी ‘ए’ मा एउटा तथ्य तय छ, यसपल्टको लिग मिलानकै क्लबले जित्नेछन् । एसी मिलान कि इन्टर ? दुवैको घरेलु मैदान पनि एउटै छ, ‘सानसिरो’ । तर, यि दुई टोली अन्तिम म्याच डेमा एक अर्काविरुद्ध उत्रनेछैन ।

शीर्ष स्थानमा रहेको एसी मिलान सासुअ‍ोलोको भ्रमणमा निस्कनेछ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानले साम्पडोरियाको आतिथ्यता गर्नेछ । दुवै खेल एकै समय रातको ९ः४५ बजे हुनेछ ।

अप्रिलको अन्त्यतिर इन्टर मिलान बोलोग्नाको हातबाट पराजित भएपछि एसी मिलानले लिग तालिकाको शीर्ष स्थान स्पष्ट दुई अंकको अग्रता लिएको थियो । अहिले त्यही अग्रतालाई मिलानले निरन्तरता दिइरहेको छ । एसी मिलानको ८३ तथा इन्टरको ८१ अंक छ ।

अन्तिम दिन सबै सम्भावना जीवित छ । दुवै टोलीले आ–आफ्नो प्रतिद्धन्द्धीलाई हराए एसी मिलान च्याम्पियन बन्नेछ । दुवै टोलीको बराबरीको नतिजाले पनि एसी मिलान नै च्याम्पियन बन्नेछ । मिलान बराबरीमा रोकिनु र इन्टरले जित निकाल्दा अंक बराबरी हुँदा हेड टु हेडमा पनि मिलान नै च्याम्पियन बन्नेछ । यो त भए एसी मिलान च्याम्पियन बन्ने आधार ।

अब इन्टर मिलान च्याम्पियन बन्ने चर्चा गरौं । आफ्नो जित र एसी मिलानको हार नै इन्टर मिलान च्याम्पियन बन्ने एकमात्र बलियो आधार हो ।

आइतबार राति आफु अनुकुलको नतिजा आए मिलान २०१०–११ को सिजनपछि सिरी ‘ए’ च्याम्पियन बन्नेछ । त्यो सिजन पनि इन्टर दोस्रो भएको थियो । यो बीचमा मिलानले थुप्रै आरोह अवरोह पार गरेको छ । यता, इन्टरलाई लगातार सिरी ‘ए’ को च्याम्पियन बन्न आफ्नो जित र मिलानले हार नै बेहोर्नुपर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.