default_image

2 years ago

May 23, 2022

आर्सनलको गोल वर्षा, चेल्सी पनि विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा गोलको वर्षा हुँदा आर्सनलले सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ । आर्सनलले घरेलु मैदानमा एर्भटनमाथि ५–१ को सानदार जित निकाल्दै पाँचौं स्थानमा लिगको अन्त्य गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र […]

69 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा गोलको वर्षा हुँदा आर्सनलले सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ ।

आर्सनलले घरेलु मैदानमा एर्भटनमाथि ५–१ को सानदार जित निकाल्दै पाँचौं स्थानमा लिगको अन्त्य गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र मार्टिन ओडेगार्डले गोल गर्दा एभर्टनका डानी भान डि विकले एक गोल फर्काए ।

गोलको वर्षा भएको खेलको २७औं मिनेटमा गाब्रियल मार्टिनेलीको पेनाल्टी गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ३१औं मिनेटमा इडवार्ड एनकेइटाले गा्ल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा डोनी भान डि विकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

५६औं मिनेटमा सेडरिक सोराएसले गोल गरेपछि आर्सनल खेलमा ३–१ ले अघि बढ्यो । ५९औं मिनेटमा गाब्रियलले तथा ८२औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सानदार जित दिलाए ।

यो जितसँगै ३८ खेलबाट ६९ अंक जोडेर पाँचौ स्थानमा रहेको आर्सनलले अर्काे सिजनको युरोपा लिगमा स्थान पक्का गरेको छ । पराजित एभर्टन ३९ अंक जोडेर १६औं स्थानमा रह्यो ।

यस्तै लन्डन क्लब चेल्सीले घरेलु मैदानमा वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ । चेल्सीको जितमा काई हाभर्टज र रोस बार्कलेले गोल गरे । वाट्फोर्डका डान गोस्लिङले एक गोल फर्काए । यो जितसँगै चेल्सीले ३८ खेलबाट ७४ अंक जोडेर तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । वाट्फोर्ड २३ अंक जोडेर १९औं स्थानमा रह्यो ।

अन्य नतिजा
ब्रेन्टफर्डविरुद्ध लिड्स (१–), ब्राइटनविरुद्ध वेस्ट ह्याम (–१), बर्नलेविरुद्ध न्यूक्यासल (१–), क्रिस्टल प्यालेसविरुद्ध म्यानचेस्टर युनाइटेड (–०), लेस्टरविरुद्ध साउथह्याम्टन (–१), लिभरपुलविरुद्ध वल्भ्स (–१), म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला (–२), नर्विचविरुद्ध टोटेनहम (०–)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.