default_image

2 years ago

May 22, 2022

सानदार जितसँगै टोटेनहम च्याम्पियन्स लिगमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा सानदार जित दर्ता गर्दै टोटेनहम हट्सपर अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको लागि छनोट भएको छ । प्रिमियर लिगबाट रेलिगेसनमा परेको नर्विच सिटीको मैदानमा ५-० को फराकिलो जित हात पार्दै टोटेनहमले चौथो स्थान पक्का गरेको हो । टोटेनहमको जितमा ह्युङ मिन सन र डेजान कुलुसेभ्सकीले २-२ गोल […]

72 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा सानदार जित दर्ता गर्दै टोटेनहम हट्सपर अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको लागि छनोट भएको छ ।

प्रिमियर लिगबाट रेलिगेसनमा परेको नर्विच सिटीको मैदानमा ५-० को फराकिलो जित हात पार्दै टोटेनहमले चौथो स्थान पक्का गरेको हो । टोटेनहमको जितमा ह्युङ मिन सन र डेजान कुलुसेभ्सकीले २-२ गोल तथा ह्यारी केनले १ गोल गरे ।

यस जितसँगै टोटेनहमले चौथो स्थान पक्का गर्ने क्रममा ३८ खेलमा ७१ अंक जोड्यो । आर्सनलले अन्तिम खेलमा एभर्टनमाथि ५-१ को सानदार जित हासिल गरेपनि २ अंकले पछि रहयो । टोलीले ३८ खेलमा ६९ अंक मात्र जोड्यो । आर्सनलले अर्को सिजन युरोपा लिग खेल्नेछ ।

टोटेनहमले खेलको १६ औं मिनेटमा कुलुसेभ्सकीको गोलमा अग्रता लिएको थियो । उनले रोड्रीगो बेन्टान्कुरको पासमा सहजै गोल गरे । ३२ औं मिनेटमा गोलरक्षक टिम क्रुलको फितलो पासको फाइदा उठाउँदै टोटेनहम २-० ले अघि बढ्यो । क्रुलको पासलाई रोड्रीगोले केनतर्फ दिएपछि केनले हेडरमार्फत गोल गरे ।

दोस्रो हाफको सुरुवातमा कुलुसेभ्सकीले सानदार गोल गर्दै ३-० को अग्रता दिलाए । ७० औं मिनेटमा लुकास मौराको पासमा सनले व्यक्तिगत पहिलो गोल गरे । त्यसको ५ मिनेटपछि पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै सनले ५-० को अग्रता दिलाए । अन्तिम खेलमा २ गोलसँगै सनले यस सिजन गोलसंख्या २३ पुर्याउँदै सर्वाधिक गोलकर्ताको पुरस्कारमा बराबरी गरे । लिभरपुलका मोहमद सलाहले पनि २३ गोल नै गरे । दुवै खेलाडीले गोल्डेन बुट प्राप्त गर्नेछन् ।

सिटीलाई लिग उपाधि

अन्तिम दिनको रोमान्चक खेलमा सिटीले लिग उपाधि जित्ने क्रममा एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता गर्यो । १ गोलले पछि परेको लिभरपुलले अन्तिममा ३-१ को जित दर्ता गरेपनि उपाधि जित्न सकेन । समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रहयो । यता लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो ।

एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । खेलमा म्याटी क्यासले एस्टन भिल्लालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । उनले ३७ औं मिनेटमा लुकास डिग्नको पासलाई सदुपयोग गर्दै घरेलु मैदान म्यानचेस्टर सिटीका समर्थकलाई स्तब्ध पारेका थिए ।

दोस्रो हाफमा सिटीले आक्रामक सुरुवात गरेपनि गोल गर्न भने सकेन । ठिक विपरित निकै रक्षात्मक देखिएको भिल्लाले काउन्टर अट्याकमा अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा ओली वाटकिन्सको पासमा कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक एडरसनले कुनै प्रतिक्रिया जनाउन सकेनन् ।

७६ औं मिनेटमा७६ औं मिनेटमा रहिम स्टर्लिङको पासमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ओलेक्जेन्डर जिन्चेन्कोको पासलाई रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

बराबरी गरेको दुई मिनेटपछि नै सिटीले अग्रता पनि लियो । केभिन डे ब्रुएनको क्रसमा गुन्डोगनले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै सिटीलाई अप्रत्याशित अग्रता दिलाए ।

यता अर्को तर्फ लिभरपुल खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो । पेड्रो नेटोले राउल जिमिनेजको पासलाई सदुपयोग गर्दै एनफिल्डका समर्थकलाई निराश पारेका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले थियागो अलाकान्ट्राको पासलाई गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा एक समय सिटी २-० ले पछि पर्दा लिभरपुललाई उपाधि होडमा अघि बढ्न १ गोल आवश्यक थियो । तर सिटीले आफ्नो खेलमा लगातार ३ गोल गर्दै ३-२ को अग्रता लिएपछि मात्र लिभरपुल अघि बढ्न सक्यो । ८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाए । ८९ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.