default_image

2 years ago

May 23, 2022

मिलान ११ वर्षपछि सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – एसी मिलान ११ वर्षपछि इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ च्याम्पियन बनेको छ । सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३–० ले पराजित गर्दै मिलान १९औं पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो । यसअघि मिलान सन् २०१०–११ को सिजनमा च्याम्पियन बनेको थियो । त्यसयता टोलीले थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको थियो । सस्सुलोको […]

173 views

0 Bookmark

एजेन्सी – एसी मिलान ११ वर्षपछि इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ च्याम्पियन बनेको छ । सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३–० ले पराजित गर्दै मिलान १९औं पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो ।

यसअघि मिलान सन् २०१०–११ को सिजनमा च्याम्पियन बनेको थियो । त्यसयता टोलीले थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको थियो । सस्सुलोको मैदानमा आइतबार राति भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केस्सीले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १७औं मिनेटमा ओलिभर जिरुडको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । उनले राफायल लियोको पासमा गोल गरेका थिए । ३२औं मिनेटमा जिरुडले लियोकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा फ्रान्क केस्सीले लियोकै पासमा गोल गरेपछि मिलान पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै मिलानलाई च्याम्पियन बन्न पर्याप्त बन्यो । यो नतिजासँगै मिलानले ३८ खेलबाट ८६ तथा दोस्रो स्थानमा रहेको इन्टरले ८४ अंक जोड्यो । सस्सुलो ५० अंक जोडेर ११औं स्थानमा रह्यो ।

इन्टर मिलानको प्रशिक्षण सम्हालिसकेका स्टेफानो पिओलीलाई सन् २०१९ मा मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि रोस्सोनेरी समर्थकले असन्तुष्ट जनाएका थिए । तर, मास्टर माइन्ड पिओलीकै प्रशिक्षणमा मिलानले आफ्नो पुर्व क्लब इन्टरलाई २ अंकले पछि पार्दै उपाधि जित्न सफल भयो ।

सन् २०११ मा एलेग्रीको प्रशिक्षणमा उपाधि जितेपछि मिलानले एक दशकभन्दा बढी निराशा भोगेको छ तर इटालियन पिओलीले मिलानका गौरवका दिन ल्याएका छन् । पूर्व सेरी ए खेलाडीहरू क्लेरेन्स सिडोर्फ, फिलिपो इन्जाघी, सिनिसा मिहाज्लोभिक, भिन्सेन्जो मोन्टेला र गेन्नारो गाटुसोले पूर्व युरोपेली च्याम्पियनलाई पुनर्जीवित गर्न प्रयास गरे र असफल भए ।

अनुभवी स्ट्राइकर ज्लाटन इब्राहिमोभिच मिलानबाट दोस्रो पटक सिरी ‘ए’ जित्ने सदस्य बने । सन् २०११ म मिलान च्याम्पियन बन्दा उनी टोलीको सदस्य रहादा ४० वर्षीय ज्लाटन यसपटक च्याम्पियन बन्दा टोलीकै सदस्य रहे ।

उपाधि जितेर, मिडफिल्डर ड्यानियल माल्डिनीले आफ्ना बुबा पाओलो माल्डिनीको पाइला पछ्याइरहेका छन् । जसले मिलानसँग सातवटा लिग उपाधि जितेका थिए, र हजुरबुवा सेसेरे माल्डिनीले चार पटक जितेका छन् ।

उपाधि दौडमै रहेका इन्टर मिलानले साम्पडोरियालाई घरेलु मैदानमा ३–० ले पराजित गरेपनि सिमओन इन्जाघीको टोलीले शहरी प्रतिद्धन्द्धीलाई उपाधिबाट वञ्चित गराउन सकेन । इन्टरको जितमा जोआक्विन कोरेआले दुई तथा इभान पेरिसिसले एक गोल गरे । शीर्षस्थानमा रहेको मिलानको जितले इन्टर मिलान लगातार दोस्रो सिजन च्याम्पियन बन्नबाट वञ्ति बन्यो ।

अर्काे खेलमा स्पेजियामाथि ३–० कै जित निकाल्दै नेपोली तेस्रो स्थानमा रह्यो । मासिमिलियानो एलेग्रीको प्रशिक्षणमा यो सिजन निकै खराव प्रदर्शन गरेको युभेन्ट्स चौथो स्थानमा खुम्चियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.