default_image

2 years ago

May 23, 2022

युरोपको शीर्ष ५ लिग : कसले जित्यो, को झर्यो र उक्लियो ?

एजेन्सी – युरोपेली फुटबल अन्तर्गत सिजन २०२१-२२ अन्त्यतिर आइसकेको छ । शीर्ष ५ लिगको अन्तिम चरणको खेल सकिएसँगै उपाधि र रेलिगेसन छिनोफानो भएको छ । अब यसै सप्ताहान्तमा च्याम्पियन्स लिग फाइनल खेलेपछि सिजन विधिवत अन्त्य हुनेछ । प्रिमियर लिगमा पुन: एकपटक म्यानचेस्टर सिटीले लिग उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम दिनमा सिटीले ५ मिनेटमा […]

143 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबल अन्तर्गत सिजन २०२१-२२ अन्त्यतिर आइसकेको छ । शीर्ष ५ लिगको अन्तिम चरणको खेल सकिएसँगै उपाधि र रेलिगेसन छिनोफानो भएको छ । अब यसै सप्ताहान्तमा च्याम्पियन्स लिग फाइनल खेलेपछि सिजन विधिवत अन्त्य हुनेछ ।

प्रिमियर लिगमा पुन: एकपटक म्यानचेस्टर सिटीले लिग उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम दिनमा सिटीले ५ मिनेटमा ३ गोल गर्दै उपाधि जोगाएको हो । फ्रान्समा पिएसजीले अघिल्लो सिजनको पिडा बिर्साउँदै लिग जित्यो । एसी मिलानले ११ वर्षपछि लिग उपाधि जित्दा इन्टरको चुनौती पन्छायो । रियल म्याड्रिडले स्पेनिस लिग जित्दा जर्मनीमा बायर्नको अधिपत्य कायम रहयो ।

इंग्लिस प्रिमियर लिग

च्याम्पियन : म्यानचेस्टर सिटी

च्याम्पियन्स लिग : लिभरपुल, चेल्सी, टोटेनहम

युरोपा लिग : आर्सनल र म्यानचेस्टर युनाइटेड

कन्फरेन्स लिग : वेस्ट ह्याम

एफए कप : लिभरपुल

रेलिगेसन : बर्नली, वाटफर्ड, नर्विच

बढुवा : फुलहम, बर्नमाउथ, हडर्सफिल्ड/नटिङघम फरेस्ट

स्पेनिस ला लिगा

च्याम्पियन: रियल म्याड्रिड

च्याम्पियन्स लिग : बार्सिलोना, एटलेटिको म्याड्रिड, सेभिल्ला

युरोपा लिग : रियल बेटिस, रियल सोसीडाड

कन्फरेन्स लिग : भिल्लारियल

स्पेनिस कप : रियल बेटिस

रेलिगेसन : ग्रानडा, लेभान्ते, अलाभेस

बढुवा : अझै पक्का भएको छैन

इटालियन सिरी ए

च्याम्पियन: एसी मिलान

च्याम्पियन्स लिग : इन्टर, नेपोली, युभेन्टस

युरोपा लिग : लाजियो, रोमा

कन्फरेन्स लिग : फिओरेन्टिना

इटालियन कप : इन्टर मिलान

रेलिगेसन : काग्लियारी, जेनोआ, भेनेजिया

बढुवा : क्रेमोनेसे, लेचे, मोन्जा/ब्रेसिया

जर्मन बुन्डेसलिगा

च्याम्पियन: बायर्न म्युनिख

च्याम्पियन्स लिग : बोरुसिया डर्टमुन्ड, बायर लेभरकुसन, आरबी लाइप्जिग

युरोपा लिग : युनियन बर्लिन, फ्राइबर्ग

कन्फरेन्स लिग : कोल्न

जर्मन कप : आरबी लाइप्जिग

रेलिगेसन : ग्रेथर फर्थ, अर्मिनिया, (हर्था/ह्यामबर्ग)

बढुवा : साल्के ०४, वेर्डर ब्रेमेन, (हर्था/ह्यामबर्ग)

फ्रान्सेली लिग वन

च्याम्पियन: पेरिस सेन्ट जर्मेन (पिएसजी)

च्याम्पियन्स लिग : मार्से, मोनाको

युरोपा लिग : रेन्नेस

कन्फरेन्स लिग : निस

स्पेनिस कप : नान्टेस

रेलिगेसन : बोर्डो, मेट्ज, (सेन्ट एटिएन/ (औजेर/सोसा))

बढुवा : टुलुज, अजासियो, (सेन्ट एटिएन/ (औजेर/सोसा))

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.