default_image

2 years ago

May 25, 2022

रोनाल्डो पहिलो पटक युरोपा लिग खेल्ने संघारमा

एजेन्सी – पछिल्लो दुई दशकयता यूईएफए च्याम्पियन्स लिगमा बेग्लै इतिहास रचेका म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्को सिजन प्रतियोगितामै उपस्थित नहुने देखिएको छ । युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्ने भएपछि रोनाल्डोले क्लब परिवर्तन नगरे च्याम्पियन्स लिग गुमाउने पक्का भएको छ । सन् २००२/०३ मा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट चर्चामा आएका रोनाल्डोले त्यसयता च्याम्पियन्स लिगको कुनै […]

127 views

0 Bookmark

एजेन्सी – पछिल्लो दुई दशकयता यूईएफए च्याम्पियन्स लिगमा बेग्लै इतिहास रचेका म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्को सिजन प्रतियोगितामै उपस्थित नहुने देखिएको छ । युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्ने भएपछि रोनाल्डोले क्लब परिवर्तन नगरे च्याम्पियन्स लिग गुमाउने पक्का भएको छ ।

सन् २००२/०३ मा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट चर्चामा आएका रोनाल्डोले त्यसयता च्याम्पियन्स लिगको कुनै सिजन गुमाएका छैनन् । उनले प्रतियोगितामा १ सय ८१ खेल खेल्दै १ सय ४० गोल गरेका छन् । प्रतियोगिताको इतिहासमा खेल संख्या र गोल संख्या यो नै सर्वाधिक समेत हो । यिनै रोनाल्डो अर्को सिजन भने पहिलो पटक युरोपा लिगमा देखिने सम्भावना छ ।

युनाइटेड इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा रहेका कारण च्याम्पियन्स लिगमा छनोट हुन सकेन । त्यसो त अन्तिम दिनको नतिजाले युनाइटेड युरोपको तेस्रो श्रेणी क्लब प्रतियोगिता युरोपा कन्फरेन्स लिगमा पुग्न सक्थ्यो, तर वेस्ट ह्यामले ब्राइटनसँग हार बेहोरेपछि युनाइटेडको लाज केहि जोगिएको थियो ।

सिजनको सुरुवातमा रोनाल्डोलाई पछ्याएको छिमेकी क्लब म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा उपाधि जित्दा युनाइटेड भने क्रिस्टल प्यालेससँग पराजित हुन पुग्यो । युनाइटेडकै पूर्व खेलाडी विल्फ्रिड जाहाको गोलमा प्यालेस १-० ले विजयी भएको थियो । युनाइटेडले समग्रमा यस सिजन ३८ खेलमा १६ जित, १० बराबरी र १२ हारसहित ५८ अंक जोड्यो । क्लबले ५७ ग्ल गर्दा ५७ गोल नै खाएको थियो । रोनाल्डोले लिगमा मात्र १८ गोल गरेका थिए ।

युनाइटेडले सिजनको सुरुवात भने उत्कृष्ट गरेको थियो । एक समय त क्लब लिगको शीर्षस्थानमा पनि कायम रहयो । तर एकपछि अर्को खराब प्रदर्शनले लिग र कपमा टोलीले राम्रो प्रदर्शन गर्न सकेन । सिजनको बिचमा प्रशिक्षक ओले गुनार सोल्साएर पनि बर्खास्तमा परे । त्यसपछि राल्फ राग्निकले टोलीको कार्यवाहक प्रशिक्षण सम्हाले ।

क्लबले सिजन सकिनुअघि नै अर्को सिजनका लागि आयाक्सका प्रशिक्षक एरिक टेन हागलाई नियुक्त गर्यो । टेन हागले लिगको अन्तिम खेलमा प्यालेसविरुद्ध हार मैदानमा उपस्थित रहेर हेरे । प्रशिक्षक टेन हागले सिजन समाप्त भएको भोलिपल्ट नै म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको भूमिकामा पत्रकारको पनि सामना गरे ।

रोनाल्डोको बारेमा गरिएको प्रश्नमा उनले खुलेर जवाफ भने दिएनन् । रोनाल्डोले टेन हागको शैलीमा खेल्न सक्छन् भन्ने प्रश्नमा उनले एक शब्दमा जवाफ दिए, ‘सक्छन् ।’

त्यसपछि उनलाई रोनाल्डोबाट के अपेक्षा गर्नुहुन्छ भन्ने प्रश्नमा जवाफ थियो, ‘गोल।’

रोनाल्डोले अर्को सिजन युरोपा लिग खेले उक्त प्रतियोगितामा उनको पहिलो सहभागिता हुनेछ । लगातार च्याम्पियन्स लिग खेलेर थुप्रै कीर्तिमान रचेका रोनाल्डोले नयाँ अनुभव लिने देखिन्छ । तर उनलाई अर्को क्लब जाने विकल्प पनि रहन्छ । अहिलेसम्म भने उनले कुनै यकिन निर्णय गरिसकेका छैनन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.