default_image

2 years ago

May 25, 2022

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ । कतार फुटबल फेडेरेसन (क्युएफए) को आयोजनामा एसियन कपको छनोटको तयारीमा रहेको एसियाका सात टोलीबीच ५ मैत्रीपूर्ण खेल तया हुँदा नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो । यसअघि […]

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ ।

कतार फुटबल फेडेरेसन (क्युएफए) को आयोजनामा एसियन कपको छनोटको तयारीमा रहेको एसियाका सात टोलीबीच ५ मैत्रीपूर्ण खेल तया हुँदा नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो । यसअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएपनि पछि प्रक्रिया नै अघि बढ्न सकेन ।

एसियन कप छनोटका लागि अहिले कतारमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, भार, इस्ट टिमोर, ओमान र न्युजिल्यान्डको प्रशिक्षण क्याम्प भइरहेको छ । कतार एफएले त्यहाँ रहेको टोलीबीच नै मैत्रीपूर्ण खेल तय गरेको हो ।

कतार फुटबल संघका अनुसार नेपालले टिको लिस्टेसँग २८ मेमा पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ । ३ जुनमा ओमानसँगको खेल सुहिम बिन हामद स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे नै हुनेछ ।

घरेलु मैदानमा झन्डै ४५ दिनको प्रशिक्षणपछि नेपाली टोली थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्दैछ । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारै बिदाई गरिसकेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवादका कारण टोलीमा अधिकांश युवा खेलाडी टोलीमा समेटिएको छ । नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई पनि टोली बाहिर राख्दा एन्फाले नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मेवारी सुम्पिएको छ ।

टोलीमा बन्द प्रशिक्षणबाट निकालिएका रोहित चन्द, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, अनन्त तामाङ र दिनेश राजवंशी छन् । गोलरक्षक विकेश कुथु पनि खेलाडीकै पक्षमा छन् ।

एसियन कप छनोटको समुह ‘ए मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ । ८ देखि १४ जुनसम्म हुने छनोट खेलमा नेपालले जोर्डनसँग जुन ८ मा खेल्नेछ । दोस्रो खेल जुन ११ मा कुवेतसँग तथा १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ । तेस्रो चरणको छनोटका शीर्ष टिम र पाँच समुहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउनेछ ।

अन्तिम टोली :

गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.