default_image

2 years ago

May 25, 2022

फुटबल टोली कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट र त्यसअघिको थप तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । टोलीलाई मंगलबारै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले टोलीले विदाई गरेका थिए । नेपाली टोली जेठ ११ देखि २० […]

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट र त्यसअघिको थप तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो ।

टोलीलाई मंगलबारै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले टोलीले विदाई गरेका थिए । नेपाली टोली जेठ ११ देखि २० गते सम्म कतारमा प्रशिक्षणमा रहनेछ । त्यहाँ रहँदा टोलीले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

टिमोर लिस्टेसँग यही शनिबार र ओमानसँग अर्काे साताको शुक्रबार हुनेछ । जेठ २१ गते टोली कुवेत जानेछ । टोलीले जेठ २५ गतेदेखि ३१ गते सम्म कुवेतमा हुने एसियन कप छनोट खेलेर असार १ मा स्वदेश फर्कनेछ ।

नेपाल रहेको समूह एमा कुवेत, जोर्डन, इन्डोनेसिया रहेको छ । एसियन कप छनोटमा नेपाली टोलीले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र इन्डोनेसियासँग जेठ ३१ गते प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीको विवादको अन्त्य नभएपछि नवयुग श्रेष्ठ नयाँ कप्तान नियुक्त भएका छन् । देश बाहिर रहेका किरण चेम्जोङसहित बन्द प्रशिक्षण छोड्न बाध्य पारिएका ११ खेलाडी विना नै राष्ट्रिय टोलीको अन्तिम छनोट गरेपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका छन् ।

अन्तिम टोली :

गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

March 27, 2024

क्रुस चम्कँदा जर्मनीले नेदरल्यान्ड्सलाई हरायो

एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो । फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको […]

Success

Thank you for your time.