default_image

2 years ago

May 26, 2022

रोमा युरोपा कन्फ्रेन्स लिग च्याम्पियन

एजेन्सी – इटालियन क्लब एएस रोमा युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । डच प्रतिद्धन्द्धी फियोनुर्डलाई १–० ले पराजित गर्दै रोमा पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बन्न सफल भएको हो । अल्वानियामा बुधबार राति भएको खेलको पहिलो हाफमा निकोलो जानिलोले गरेको गोल नै रोमालाई च्याम्पियन बन्न पर्याप्त बन्यो । उनले ३२औं मिनेटमा जियानलुका मान्सिनीको […]

124 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एएस रोमा युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । डच प्रतिद्धन्द्धी फियोनुर्डलाई १–० ले पराजित गर्दै रोमा पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बन्न सफल भएको हो ।

अल्वानियामा बुधबार राति भएको खेलको पहिलो हाफमा निकोलो जानिलोले गरेको गोल नै रोमालाई च्याम्पियन बन्न पर्याप्त बन्यो । उनले ३२औं मिनेटमा जियानलुका मान्सिनीको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको फियोनुर्डले त्यसपछि लगातार दवाव सिर्जना गरेपनि रोमाको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा उपाधिबाट वञ्चिन हुन पुग्यो ।

रोमाले ६० वर्षपछि युरोपियन लिगको उपाधि जित्दा १४ वर्षपछि उपाधि जित्न सफल भएको छ । रोमाले यसअघि युरोपियन लिगको रुपमा सन् १९६१ मा फेयर्स कप जितेको थियो । त्यसपछि रोमाले पछिल्लोपटक सन् २००७–०८ को सिजनमा कोपा इटालियाको उपाधि जितेको थियो ।

प्रशिक्षक जोसे मौरिन्होले चार फरक क्लबबाट युरोपियन लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस्तै प्रशिक्षक मौरिन्हो पाँचौपटक युरोपियन फुटबल लिगको उपाधि जित्ने दोस्रो प्रशिक्षक बनेका छन् ।

यसअघि जियोभानी ट्रापाटोनीले पनि विभिन्न पाँच उपाधि जितेका छन् । मौरिन्होले समान दुईपटक च्याम्पियन्स लिग र युरोपा लिग जितेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.