default_image

2 years ago

June 6, 2022

आर्मी मकवानपुर गोल्डकपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित […]

101 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्दा आर्मीले सफलता हात पारेको हो ।

टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर, सन्तोष केसी, कमल बहादुर थापा र दिनेश हेन्जनले गोल गरे । एपिएफका नविन लामा, सुदिप शिख्राकार, सनिश श्रेष्ठ, रवि थिङले गोल गर्दा मणि कुमार लामाले गोल गर्न सकेनन् ।

त्यसअघि मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दिनेश हेन्जनको पेनाल्टी गोलबाट आर्मीले अग्रता लिन सफल भएको थियो । इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा सुदिप सिख्राकारले एपिएफका लागि गोल गर्दै खेललाई रोमाञ्चक मोडमा ल्याए ।

त्यसअघि पहिलो हाफमै आर्मीले पेनाल्टीमार्फत अग्रता लिने अवसर खेर फालेको थियो । विवेक बस्नेतको पेनाल्टी प्रहारलाई गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । टाइब्रेकरमा एक पेनाल्टी बचाएका आर्मीका गोलरक्षक बिकेश कुथु म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैया र ट्रफी हात पारे ।

प्रतियोगितामा मंगलबार दोस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.