default_image

2 years ago

June 16, 2022

फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किएका छन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किएका छन् ।

छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका केन्द्रिय सदस्य रुपेश अधिकारी पुगेका थिए ।

३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै रहेका छन् । प्रशिक्षक अलमुताइरी एन्फासँग बिदा लिएर आफ्नो देश कुवेतमै बसेका हुन् ।

सिनियर ११ खेलाडीविनै कुवेत भ्रमणमा पुगेको नेपाल समूह ‘ए’ मा जित र अंकविहीन बन्दै पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो ।

उक्त खेलमा दर्शन गुरुङले ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका थिए । ४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध पहिलो गोल गरेका थिए । त्यो नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० को भारी अन्तरले पराजित हुन पुगेको थियो । इन्डोनेसियासँगको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिन पुग्दा फराकिलो हार बेहोर्न पुगेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.