default_image

2 years ago

June 22, 2022

एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशी नियुक्त भएका छन् । नवनिर्वाचित एन्फा केन्द्रिय कमिटिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिवमा तथा जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको हो । एन्फाको विधानमा महासचिव र कोषाध्यक्ष नियुक्त गर्ने प्रावधान छ । किरण राई यसअघिको कार्यसमितिमा एन्फा सदस्यसँगै प्रवक्ता […]

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशी नियुक्त भएका छन् ।

नवनिर्वाचित एन्फा केन्द्रिय कमिटिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिवमा तथा जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको हो । एन्फाको विधानमा महासचिव र कोषाध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।

किरण राई यसअघिको कार्यसमितिमा एन्फा सदस्यसँगै प्रवक्ता रहेका थिए । गत वर्ष उनले प्रवक्ताको जिम्मेवारी छोडेका थिए । जोशी यसअघिको कार्यसमितिमा कोषाध्यक्ष नै रहेका थिए । यस्तै अन्तर्राष्ट्रिय प्रमुखमा नविन पाण्डेलाई नियुक्त गरेको छ ।

नव निर्वाचित कार्यसमितिले बुधबारै पद तथा गोपनियताको सपथ लिएका छन् । १९ सदस्यीय निर्वाचित कार्यसमितिलाई एन्फाको निर्वाचन समितिले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

अब दुई सदस्यको टुंगो अर्काे अर्काे निर्वाचनबाट लाग्नेछ । १३ मध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि एन्फाले अर्काे निर्वाचन गराउने निर्णय गरेको छ ।

एन्फाको नवनिर्वाचित कमिटी
अध्यक्ष –
पंकज विक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – विर बहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार)
महासचिव – किरण राई
कोषाध्यक्ष – रविन्द्र जोशी
महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
सदस्य – मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ् थापा । (दुई सदस्य निर्वाचित हुन बाँकी)

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.