default_image

2 years ago

June 24, 2022

रोनाल्डोमा बायर्नको नजर

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बनाएको छ । बायर्नले आफ्नो मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा रोनाल्डो अनुबन्ध गर्ने योजना अघि सारेको हो । बायर्नले इंग्लिस क्लब लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरिसकेको छ । तर, बायर्न आफ्नो आक्रमण अझै बलियो बनाउन चहान्छ । […]

126 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बनाएको छ ।

बायर्नले आफ्नो मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा रोनाल्डो अनुबन्ध गर्ने योजना अघि सारेको हो । बायर्नले इंग्लिस क्लब लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरिसकेको छ ।

तर, बायर्न आफ्नो आक्रमण अझै बलियो बनाउन चहान्छ । जर्मन पत्रिका एएसको अनुसार बायर्नले पोर्चुगिज स्टारलाई लोभ्याउने प्रयास गर्नेछन् । किनकि उनीहरुको लेवान्डोस्कीको ठाँउ लिने नयाँ फरवार्ड ल्याउने प्रयासमा छन् । तर, यस विषयमा रोनाल्डो र म्यानचेस्टर युनाइटेडले केही बोलेको छैन ।

स्पेनिस क्लब रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले यसअघि इटालियन क्लब युभेन्ट्सबाट पनि खेलिसकेका छन् । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट व्यवसायिक खेल करिअर सुरु गरेका रोनाल्डोले अहिले इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा दोस्रो स्पेल बिताइरहेका छन् ।

बायर्न छाड्ने घोषणा गरिसकेका लेवान्डोस्कीलाई क्याटलान क्लब बार्सिलोनाले ४० मिलियन युरोको प्रस्ताव अघि सारिसकेको छ । यसलाई बायर्नले स्वीकार्ने अपेक्षा गरिएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.