default_image

2 years ago

June 25, 2022

सदस्य सचिव घिसिङद्वारा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेको स्वागत

काठमाडौ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई शनिबार स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् । सदस्यसचिव घिसिङले पाँडेलाई खादा लगाउँदै त्रिपुरेश्वरस्थत सदस्य सचिवको कार्यलयमा स्वागत गरेका हुन् । त्यसक्रममा घिसिङले देशकै सबभन्दा लोकप्रिय खेलको संस्था एन्फाको […]

132 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई शनिबार स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

सदस्यसचिव घिसिङले पाँडेलाई खादा लगाउँदै त्रिपुरेश्वरस्थत सदस्य सचिवको कार्यलयमा स्वागत गरेका हुन् । त्यसक्रममा घिसिङले देशकै सबभन्दा लोकप्रिय खेलको संस्था एन्फाको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त हुनुभएकोमा तपाईं (नवीन पाँडे) लाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरे ।

उनले स्वयम्सेवकको भूमिकामा एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नाम फैलाउन सकोस्, अरु देश र व्यवसायिक क्लबहरुसँगको सम्बन्ध राम्रो गर्न सुझाव दिए ।

पाँडे जर्मन एनअआरएन हुन् । सदस्यसचिव घिसिङले नेपाल र जर्मनीवीच संस्था र सरकारको तहमा खेलकुद विकासको लागि सम्बन्ध विस्तार गर्नको लागि पहल गर्न पनि आग्रह गरे ।

अर्बपति अमेरिकी वारेन वफेटको कम्पनी टीटीआई युरोपमा निर्देशकसमेत रहेका पाँडेले नेपाली फुटबल र खेलकुदको विकासको लागि सदैव पहल र सहयोग गर्न तयार रहेको तथा गरिरहेको बताए । उनले ४ वर्षअघि पनि छोटो समय एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेपछि राजिनामा दिएका थिए ।

ए डिभजन क्लब हिमालयन शेर्पामार्फत नेपाली फुटबलमा फर्किएका उनी कपनमा सञ्चालित काठमाडौं किकर्सका अध्यक्ष पनि हुन् । किकर्सले स्कटिस कोच ली मेन्सन (युईएफए बी लाइसेन्स) ल्याएर कपअन स्पोर्टस सेन्टर, कपनमा फुटबल एकेमेमी सञ्चालन गरिरहेको छ, जहाँ यू–१२, यू–१४ र यू–१६ का करिव १ सय खेलाडीले नियमित अभ्यास गरिरहेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.