default_image

2 years ago

June 27, 2022

पिएसजीका गोलरक्षक वेस्ट ह्याममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक अल्फोन्स एरोलालाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न सहमत भएको छ । गत सिजन लोनमै वेस्ट ह्याममा रहेका गोलरक्षक एरोलालाई क्लबले ११ मिलियन पाउन्डमा क्लबमै राख्न सहमत भएको हो । प्रिमियर लिगमा एक खेलमा मात्रै मौका पाएका उनले युरोपा लिगमा वेस्टह्यामले […]

71 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक अल्फोन्स एरोलालाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न सहमत भएको छ ।

गत सिजन लोनमै वेस्ट ह्याममा रहेका गोलरक्षक एरोलालाई क्लबले ११ मिलियन पाउन्डमा क्लबमै राख्न सहमत भएको हो । प्रिमियर लिगमा एक खेलमा मात्रै मौका पाएका उनले युरोपा लिगमा वेस्टह्यामले सेमिफाइनलको यात्रा तय गर्दा उनले उच्च प्रदर्शन गरेका थिए ।

२९ वर्षीय एरोलाले यस समरमा पिएसजी छोड्ने तयारी गर्दा युरोपका उत्कृष्ट क्लबहरुले उनलाई चासो देखाएका थिए । वेस्ट ह्यामले उत्कृष्ट गोलरक्षकको रुपमा एरोला पाएको छ ।

एरोलाले वर्तमान नम्वर एक लुकाज फावियनस्कीसँग लामो समय प्रतिस्पर्धा गर्नुपर्ने छैन । ३७ वर्षीय फावियनस्कीको सम्झौता अर्काे सिजनसम्म रहेको छ । त्यसपछि उनी नै वेस्टह्यामको पहिलो रोजाईको खेलाडी बन्नेछन् ।

पिएसजीकै उत्पादन एरोला २००९ देखि सिनियर टोलीमा रहेपनि उनले वेस्टह्यामसँगै लेन्स, बास्टिया, भिल्ला रियल, रियल म्याड्रिड र फुलहमबाट लोनमा खेलिसकेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.