default_image

2 years ago

June 28, 2022

एन्फा अध्यक्ष नेम्वाङलाई फिफाको बधाईं

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाईं दिएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिन्होले मंगलबार एक पत्रमार्फत एन्फाका नवनिर्वाचित अध्यक्षसँगै सम्पूर्ण कार्यसमितिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । तपाईको ज्ञान, नेतृत्व र अनुभवले नेपालमा हाम्रो सुन्दर खेलको विकासमा ठुलो […]

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाईं दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिन्होले मंगलबार एक पत्रमार्फत एन्फाका नवनिर्वाचित अध्यक्षसँगै सम्पूर्ण कार्यसमितिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

तपाईको ज्ञान, नेतृत्व र अनुभवले नेपालमा हाम्रो सुन्दर खेलको विकासमा ठुलो प्रभाव पार्नेछ भन्ने मलाई विश्वास छ ।’ अध्यक्ष इनफान्टिनोले भने, ‘नेपालको फुटबलको भविष्यका लागि दिगो विकासका लागि आइपर्ने सम्पूर्ण चुनौतीमाथि सफलताको कामना गर्दछु ।’

यस्तै एन्फा अध्यक्ष नेम्वाङलाई जापान फुटबल फेडेरसनले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । यसअघि एसियन फुटबल कन्फेडेरेसन (एएफसी), दक्षिण एसियाली खेलकुद फेडेरेसन (साफ), भुटान फुटबल फेडेरेसन र बंगलादेश फुटबल फेडेरेसनले नेम्वाङ र कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिइसकेका छन् ।

गत ६ असारमा भएको २१औं चुनावी साधरण सभाबाट नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । कुल ८४ मतमध्ये नेम्वाङले ४५ मतसहित निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षम ानिर्वाचित भएका थिए । शेर्पाले ३९ मत पाएका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.