default_image

2 years ago

July 5, 2022

पोचेटिनो बर्खास्त

एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । पिएसजीले पोचेटिनोलाई मंगलबार बर्खास्त गरेको हो । पिएसजीमा पोचेटिनोको सम्झौता अझै १ वर्ष अर्थात २०२३ को जुनसम्म रहेपनि उनी बर्खास्तीमा परेको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पोचेटिनो बर्खास्तीको कारक बनेको छ । पिएसजीले […]

63 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । पिएसजीले पोचेटिनोलाई मंगलबार बर्खास्त गरेको हो ।

पिएसजीमा पोचेटिनोको सम्झौता अझै १ वर्ष अर्थात २०२३ को जुनसम्म रहेपनि उनी बर्खास्तीमा परेको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पोचेटिनो बर्खास्तीको कारक बनेको छ ।

पिएसजीले आफ्ना फरवार्ड केलियन एमबाप्पेको सम्झौता नविकरण गरेपछि प्रशिक्षक परिवर्तनको चर्चा चल्दा उनी नयाँ सिजनको लागि प्रि–सिजन अघि बर्खास्तीमा परेका हुन् ।

पीएसजीले आफ्नो सामाजिक सञ्जाल च्यानलमा आधिकारिक विज्ञप्ति जारी गर्दै पोचेटिनो बाहिरिएको पुष्टि गरेको छ । ‘पेरिस सेन्ट जर्मेनले पुष्टि गरेको छ कि मौरिसियो पोचेटिनोले क्लबमा आफ्नो भूमिका समाप्त गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘क्लबले मौरिसियो पोचेटिनो र उनका कर्मचारीहरूलाई उनीहरूको कामको लागि धन्यवाद दिन चाहन्छ र भविष्यको लागि शुभकामना दिएको छ ।’

तत्कालिन मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पिएसजीले यसअघि इंग्लिस क्लब टोटेनहम हटस्परका प्रशिक्षक रहिसकेका पोचेटिनोलाई सन् २०२१ को जनवरीमा पिएसजीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । यता, टुचेलले इंग्लिस क्लब चेल्सीको प्रशिक्षण सम्हाल्दै टोलीलाई च्याम्पियन्स लिग जिताउन सफल भएका थिए ।

पोचेटिनोले पिएसजीलाई फ्रेन्च लिग वानसँगै कप दि फ्रान्स र ट्रफी डेस च्याम्पियन जिताएका छन् । तर, खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको पिएसजीको लक्ष्य च्याम्पिन्स लिग जित्ने रहेपनि टोली गत सिजन प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन । युवा स्टार केलियन एमबाप्पे र ब्राजिली नेयमारसँगै अर्जेन्टिनी लियोनेल मेस्सीको साथ पाएको पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

पोचेटिनोको नेतृत्वमा पिएसजीले ९५ खेल खेलेको छ । जसमा ५५ जित, १५ बराबरी र १४ हारको नतिजा छ । पिएसजीले नयाँ प्रशिक्षकका रुपमा स्टोफे गाल्टिएरलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.