default_image

2 years ago

July 6, 2022

डि मारिया युभेन्ट्स जाने

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा जाने पक्का भएको छ । मिडफिल्डर डि मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने बुझिएको छ । ३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि पिएसजी पुगेका थिए […]

159 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा जाने पक्का भएको छ । मिडफिल्डर डि मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने बुझिएको छ ।

३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि पिएसजी पुगेका थिए ।

पिएसजीमा ७ सिजन बिताएका उनले २ सय ९४ खेलमा ९१ गोलसँगै १ सय ११ असिस्ट दिएका छन् । पीएसजीका लागि उनले १८ उपाधि जितेका छन् ।

म्यानचेस्टर युनाइटेड जानुअघि डि मारियाले चार सिजन स्पेनिस क्लब रियल म्याड्रिडमा बिताउँदा १९४ खेलमा ३७ गोल गरेका छन् । २००८ देखि अर्जेन्टिनाको टोलीमा रहेका डि मारियाले १२२ क्याप जित्दा २५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.