default_image

2 years ago

July 7, 2022

‘रेनुकाको उपचारमा कमी हुनेछैन’ – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । अनिश्चित रहेको १९औं एसियाली खेलकुद (एसियाड) तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटेलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्दै मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । प्रशिक्षणका […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

अनिश्चित रहेको १९औं एसियाली खेलकुद (एसियाड) तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटेलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्दै मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री गहतले नगरकोटेलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउँदै घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको प्रशिक्षणका क्रममा सोमबार सरस्वती ऐरको ट्याकलमा पर्दा सन्तुलन गुमाउँदै मैदानमा लडेकी रेनुकाको शरीरको बायाँ भागको क्लाभिकल (कलरबोन अर्थात घाँटीमुनिको हड्डी) फ्याक्चर भएको थियो ।

सोमबार नै उनको ललितपुरको ग्वार्कोस्थित बि एन्ड बी अस्पतालमा डा. अमित जोशीको टोलीले सोमबार उनको सफल शल्यक्रिया गरेको हो । उनी अहिले अस्पतालमै रहेको र केही दिनमै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

शल्यक्रिया सफल भएको र कुनै समस्या नआएमा रेनुकालाई मैदान फर्कन करिव ३ महिना लाग्ने अस्पतालले जनाएको छ । १२ साता मैदान बाहिर रहने भएपछि रेनुकाले घरेलु मैदानमा भदौंमा आयोजना हुने भनिएको महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । साफ भदौ १३ गतेदेखि २५ गतेसम्म हुने तय भएको छ । मैदान भने तय भइसकेको छैन ।

सन् २०१० देखि महिला राष्ट्रिय टोलीकी नियमित सदस्य रहँदै आएकी रेनुका नियमित कप्तान निरु थापाले सन्न्यासको घोषणा गरेपछि उनी टोलीको कप्तान बनेकी थिइन् ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.