default_image

2 years ago

July 29, 2022

बार्सिलोनालाई आक्रमणमा विकल्प नै विकल्प

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यो समर ट्रान्सफरमा महत्वपूर्ण फरवार्डलाई अनुबन्ध गरेपछि क्लबमा आक्रमणको विकल्प नै विकल्प देखिएको छ । बार्सिलोनाले यो समरमा फरवार्ड रोबर्ट लेवान्डोस्कीसँगै विंगर राफिन्हा, डिफेन्डरद्वय आन्द्रिएर क्रिस्टेन्सन र जुल्स कुन्डे तथा मिडफिल्डर फ्रान्क केसीलाई अनुबन्ध गरेको छ । बार्सिलोनामा यसअघि नै अन्सु फाती, औसमाने डेम्वेले, मेम्फिस डिपाए, पिएरे एमरिक औवामेयाङ, फेरान […]

123 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यो समर ट्रान्सफरमा महत्वपूर्ण फरवार्डलाई अनुबन्ध गरेपछि क्लबमा आक्रमणको विकल्प नै विकल्प देखिएको छ ।

बार्सिलोनाले यो समरमा फरवार्ड रोबर्ट लेवान्डोस्कीसँगै विंगर राफिन्हा, डिफेन्डरद्वय आन्द्रिएर क्रिस्टेन्सन र जुल्स कुन्डे तथा मिडफिल्डर फ्रान्क केसीलाई अनुबन्ध गरेको छ । बार्सिलोनामा यसअघि नै अन्सु फाती, औसमाने डेम्वेले, मेम्फिस डिपाए, पिएरे एमरिक औवामेयाङ, फेरान टोरेस र मार्टिन ब्रेथवेट आक्रमणमा खेल्ने खेलाडी छन् ।

यसर्थमा प्रशिक्षक जाभी हर्नान्डेजसँग फरवार्ड नै फरवार्डको विकल्प रहेको छ । उनीहरुबारे केही चर्चा गरौं । फ्रान्सेली विंगर डेम्बेलेबाट सुरु गरौं । बार्सिलोना आएदेखि उनले आलोचनासँगै प्रशंसा पनि पाइरहेका छन् ।

पहिलो बसाइमा चोटका कारण उनले बार्सिलोनामा सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् । उनी अनुशासनका कारण विवादमा पनि परे । तर जाभीको आगमनपछि उनले लय समातेका छन् । उनले त्यसैले पनि बार्सिलोनासँग नयाँ सम्झौता पनि गरे । प्रि–सिजनमा युभेन्ट्सविरुद्ध डालासमा जे गरे यसले फेरि प्रमाणित गर्दछ कि उनीमा अतुलनीय प्रतिभा छ ।

औवामेयाङ र लेवान्डोस्कीको पुनर्मिलन

बार्सिलोनामा थुप्रै स्टार खेलाडीको जमघट भइसकेको छ । बार्सिलोनामा पिएरे एमरिक औवामेयाङ र रोवर्ट लेवान्डोस्कीको पूनर्मिनल भएको छ । लेवान्डोस्की र औवामियाङले सन् २०१३–१४ को सिजनमा बोरुसिया डर्टमुन्डका लागि ४४ गोल गरेका थिए । यि दुईको जोडी युभेन्ट्सविरुद्ध पनि जमेको थियो ।लेवान्डोस्कीले प्रि–सिजनमा बार्सिलोनाबाट दुई खेल खेल्दा गोल गर्न सकेका छैनन् ।

टोलीमा मेम्फिस डिपाए पनि रहेका छन् । बार्सिलोनाले बेच्ने सुचीमा राखेका डिपाएले प्रि–सिजनमा आफ्नो प्रभाव जमाएका छन् । सम्भवत उनी अब बार्सिलोनामा रहनेछन् ।

ब्राजिली राफिन्हा प्रशिक्षक जाभीले रुचाएका खेलाडी हुन् । प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा प्रभावशाली प्रदर्शन गरेका राफिन्हाले बार्सिलोनाका लागि दुई खेलमा दुई गोल गरिसकेका छन् । रियलविरुद्ध उनको गोलले धेरै प्रष्ट पारेको छ ।

अन्सु फातीलाई लिएर बार्सिलोना स्पष्ट छ । बार्सिलोनाले लामो समयका लागि फातीलाई अनुबन्ध गरिसकेको छ । उनी आफ्नो चोटलाई जितेर आफ्नो लयमा फर्किसकेका छन् । बार्सिलोनाको नयाँ युगको अनुहारको रुपमा उनी रहेका छन् ।

फरवार्डको विकल्पले प्रशिक्षक जाभीलाई टिम छनोटमा दवाव पर्न सक्नेछ । तर त्यो दवावलाई जाभीले खेप्नुपर्ने हुन्छ । लेवान्डोस्की जस्ता फरवार्डको आगमनले टोलीको मनोवल उच्च भएको छ । उनले आँफुसँगै अन्यलाई गोलको लागि सहयोग गर्न सक्छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.