default_image

2 years ago

August 2, 2022

बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले भारतलाई उछिन्यो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ […]

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ गर्दै नेपाललाई अघि बढ्न दिएका थिएनन् । उनले आयुष घलानको प्रहरलाई सुरुवाती समयमा नै विफल पार्दै खेल गोलरहित बनाए ।

दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले मैदानमा रहेका दुई र बेन्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड पाउँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए ।

खेलको ४८ औं मिनेटमा बंगलादेशका कप्तान तनवीरले सहायक रेफ्रीसँग आक्रोशित रुपमा प्रस्तुत भएपछि नेपालका कप्तान आयुष घलानले उनलाई पेलेका थिए । त्यसपछि दुवै टोलीका खेलाडी एक आपसमा झगडामा उत्रिए । केहीबेरमा नै दुवै टोलीका बेन्चका खेलाडी पनि मैदान प्रवेश गरेर झगडा गर्न थाले । दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए ।

झगडाका दौरान नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशका एक खेलाडी लड्न पुगेका थिए । रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड दिए ।

खेलको ६३ औं मिनेटमा बंगलादेशले अग्रता लियो । मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाईअघि बढाए । त्यसको ५ मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडी निरन्जन मल्लले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक मोहमद आसिफले बचाउने कुनै अवसर पाएनन् ।

खेलको ८७ औं मिनेटमा गोलरक्षक ईश्वर गुरुङले उत्कृष्ट बचाउ गर्दै नेपाललाई खेलमा कायम राखे । उनले नोभासँग वन भर्सेस वनको स्थितिमा सुन्दर बचाउ गरेका थिए ।

बराबरी खेलेसँगै नेपालले अंक तालिकामा हाललाई एक खेल कम खेलेको भारतलाई भने उछिनेको छ । नेपालको फाइनल पुग्ने सम्भावना अब भारत र माल्दिभ्सको खेलमा निर्भर छ । माल्दिभ्सले भारतलाई हराएको खण्डमा नेपाल फाइनल पुग्नेछ । भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा सकिनेछ ।

नेपाल ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा १० अंकसाथ अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेर फाइनल प्रवेश गर्न सफल भएको छ । भारत ३ खेलमा ६ अंकसाथ तेस्रो स्थानमा छ । समान १-१ अंक जोडेका माल्दिभ्स चौथो र श्रीलंका पुछारमा छ । आज भारत र माल्दिभ्सले साँझ ७:१५ बजे अन्तिम लिग खेल खेल्नेछन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.