default_image

2 years ago

August 5, 2022

पाँडेको बर्खास्तीको विषय एजेण्डामा समावेश गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गतेका लागि तय भएको बैठकमा एजेण्डा थप गर्न दुई उपाध्यक्षसहित सात जनाले निवदेन दर्ता गराएका छन् । एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्ने आफूको मागलाई बैठकमा एजेण्डाका रुपमा प्रवेश गराउनुपर्ने उनीहरुको माग छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले पाँडेलाई […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गतेका लागि तय भएको बैठकमा एजेण्डा थप गर्न दुई उपाध्यक्षसहित सात जनाले निवदेन दर्ता गराएका छन् ।

एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्ने आफूको मागलाई बैठकमा एजेण्डाका रुपमा प्रवेश गराउनुपर्ने उनीहरुको माग छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले पाँडेलाई बर्खास्त गर्नका लागि संयुक्त रुपमा निवेदन दर्ता गराएका थिए ।

बर्खास्तीको निवेदनलाई एजेण्डामा समावेश गर्न माग गर्नेमा उपाध्यक्षद्वय विराटजंग शाही अर्का उपाध्यक्ष दीपक खतिवडा, सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, सरिला श्रेष्ठ, रविन्द्र चन्द ठकुरी र रमेश ब्यञ्जनकार रहेका छन् । एन्फाले साउन १७ गते २६ गते कार्यसमितिको बैठक बस्ने जानकारी दिएको थियो । असार ६ गते निर्वाचित कार्यसमितिको दोस्रो पटक दुई पटक स्थागित भइसकेको छ । पहिलो बैठक असार ८ गते बसेको थियो ।

साउन २ गतेका लागि बोलाइएको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङ अस्वस्थ भएका कारण स्थगित भएको थियो । त्यसपछि साउन ५ गतेका लागि डाकिएको बैठक एजेण्डामा नै प्रवेश नगरि अध्यक्ष नेम्बाङले स्थगित गरेका थिए । वरिष्ठ उपाध्यक्ष खड्कासहित पदाधिकारी र सदस्यहरुले उपस्थितिमा दस्तखत गर्नुअघि एजेण्डामा छलफल गर्नुपर्ने माग राखेपछि बैठक अघि बढ्न सकेको थिएन । उपस्थितिमा सहि गर्न उनीहरु तयार नभएपछि नेम्बाङले बैठक स्थगित गरिएको बताएको थियो ।

पाँडेको बर्खास्ती अहिले पेचिलो बनेको छ । पहिलो बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गर्दा भने कार्यसमितिका १९ जनाले नै समर्थन गरेका थिए । सोही बैठकले किरण राईलाई एन्फा महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको थियो । एक महिना पनि नबित्दै कार्यसमितिका बहुमत पदाधिकारी र सदस्यहरु आफ्नै निर्णयविरुद्ध उभिएका छन् ।

दोस्रो कार्यसमिति बैठकमा विविधसहित १८ वटा यसअघि नै तय भएको एण्जेडामा छलफल हुने एन्फाले जनाएको थियो । त्यसमा एन्फा सहायक महासचिव र प्रवक्ताको नियुक्ती चासोका साथ हेरिएको छ । विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ ।

दोस्रो बैठकका लागि सुरुवातमा विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसी ५ र अर्का उपाध्यक्ष दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा पुगेको थियो । एन्फामा २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन ।

असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ सदस्य पदका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।

एउटै प्यानलबाट निर्वाचित भएका पनि पाँडेको बर्खास्तीका विषयमा विभाजन भएका छन् । पाँडेको बर्खास्ती गर्दै निवेदन माग गर्ने अधिकांश पदाधिकारी र सदस्य अध्यक्ष नेम्बाङकै प्यानलबाट एन्फा कार्यसमितिमा निर्वाचित भएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.