default_image

2 years ago

August 6, 2022

आर्सनलको विजयी सुरुवात

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले हरायो । प्यालेसको मैदान सेलहर्स्ट पार्कमा आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले अग्रता दिलाउँदा विपक्षी क्याप्टेन मार्क गुएहिको आत्मघाती गोल जितका लागि पर्याप्त रह्यो । दुवै हाफमा १-१ गोल सम्भव भएको थियो । […]

124 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले हरायो ।

प्यालेसको मैदान सेलहर्स्ट पार्कमा आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले अग्रता दिलाउँदा विपक्षी क्याप्टेन मार्क गुएहिको आत्मघाती गोल जितका लागि पर्याप्त रह्यो । दुवै हाफमा १-१ गोल सम्भव भएको थियो ।

२० अ‍ौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अघि बढाए । उनले डेब्यु गरिरहेका अलेक्जेन्डर जिन्चेन्कोको पासमा गोल गरेका थिए । कर्नरमा जिन्चेन्कोले गरेको हेडरलाई गोललाइन नजिकबाट मार्टिनेलीले हेडरमार्फत अग्रता दिलाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी हुँदा आर्सनल अग्रता दोब्बर पार्न सफल भयो । बुकायो साकाको क्रस गुएहिले आफ्नै पोस्टतर्फ पठाएपछि पाहुना टोली २-० ले अघि बढेको थियो ।

यस जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । गत सिजन सुरुवातकै तीन खेल गुमाएको आर्सनलले यसपटक भने पहिलो खेलमै जित हासिल गर्यो ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.