default_image

2 years ago

August 6, 2022

मानेको डेब्यु गोलमा बायर्नको सानदार सुरुवात

एजेन्सी – नयाँ सिजनको जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु टोली आइनट्राख्ट फ्रान्कफुर्टमाथि ६–१ को सानदार जितसहित सुखद् सुरुवात गरेको हो । डोइटसा बैंक पार्कमा शनिबार राति भएको खेलमा बायर्नको सानदार जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिख, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक गोल […]

142 views

0 Bookmark

एजेन्सी – नयाँ सिजनको जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु टोली आइनट्राख्ट फ्रान्कफुर्टमाथि ६–१ को सानदार जितसहित सुखद् सुरुवात गरेको हो ।

डोइटसा बैंक पार्कमा शनिबार राति भएको खेलमा बायर्नको सानदार जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिख, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक गोल गरे ।

घरेलु टोलीका रान्डल कोलो मुआनीले एक गोल फर्काए । बायर्नले पहिलो हाफमै ५–० को फराकिलो अग्रता लिँदा दोस्रो हाफमा एक गोल थप्दा अर्काे गोल बेहोरेको थियो ।

खेलको पाँचौ मिनेटमा किम्मिखले फ्रिकिकमा सिधै गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । ११औं मिनेटमा पाभार्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

२९औं मिनेटमा साडियो मानेले सर्ज जिनाब्रीको पासमा हेडमार्फत गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । यसै सिजन इंग्लिस क्लब लिभरपुलबाट म्युनिख आएका मानेले बुन्डेसलिगाको पहिलो खेलमा डेब्यु गोल गर्न सफल भएका हुन् ।

३५औं मिनेटमा जमल मुसएलाले थोमस मुलरको पासमा गोल गरेपछि बायर्न ४–० ले अघि बढ्यो । ४३औं मिनेटमा मुलरकै पासमा जिनाब्रीले गोल गरेपछि बायर्नले पहिलो हाफमा ५–० को आरामदायी अग्रता लिन सफल भयो ।

६४औं मिनेटमा रान्डल कोलोले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा मुसिएलाले लिरोए सानेको पासमा व्यक्तिगता दोस्रो र टोलीका लागि छैटौं गोल गर्दै बायर्नको सानदार जित पक्का गराए ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.