default_image

2 years ago

August 7, 2022

मेस्सी र नेयमार चम्कदा पिएसजीको सानदार सुरुवात

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले दुई गोल र एक असिस्ट तथा ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित नयाँ सिजनमा सुखद् सुरुवात गरेको हो । थप दुई गोल अचरफ […]

150 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले दुई गोल र एक असिस्ट तथा ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित नयाँ सिजनमा सुखद् सुरुवात गरेको हो । थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसको नाममा रह्यो ।

गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको नवौं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गोलको खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

पिएसजी यतिमै रोकिएन । दोस्रो हाफको दुवै गोल मेस्सीको नाममा रह्यो । ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेस्सीले गोल गरेपछि पिएसनी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौैं गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए । ग्रोइन इन्ज्युरीका कारण यस खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे टोलीमा थिएनन् ।

बलियो पिएसजीविरुद्ध क्लेरमन्ट फुटले काउन्टर अट्याकमा रणनीति बुनेपनि सफल हुन सकेन । यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । मोनाको र लियोनले पनि विजयी सुरुवात गरेका छन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.