default_image

2 years ago

August 7, 2022

रोनाल्डोलाई प्रशिक्षक टेन हागले गाली गरे

एजेन्सी – म्यानचेस्टर युनाइटेडका नवनियुक्त प्रशिक्षक एरिक टेन हागले टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई प्रि-सिजनको घटनालाई लिएर आफूले गाली गरेको बताएका छन् । गत आइतबार युनाइटेडले ओल्ड ट्राफर्डमा रायो भालेकानोसँग मैत्रीपूर्ण खेल खेल्दा रोनाल्डो लगायत केही खेलाडी दोस्रो हाफ चलिरहँदा मैदान छाडेर बाहिरिएका थिए । खेलमा सुरुवात गरेका रोनाल्डो कमजोर प्रदर्शनपछि दोस्रो हाफमा परिवर्तन भएका […]

95 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका नवनियुक्त प्रशिक्षक एरिक टेन हागले टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई प्रि-सिजनको घटनालाई लिएर आफूले गाली गरेको बताएका छन् ।

गत आइतबार युनाइटेडले ओल्ड ट्राफर्डमा रायो भालेकानोसँग मैत्रीपूर्ण खेल खेल्दा रोनाल्डो लगायत केही खेलाडी दोस्रो हाफ चलिरहँदा मैदान छाडेर बाहिरिएका थिए । खेलमा सुरुवात गरेका रोनाल्डो कमजोर प्रदर्शनपछि दोस्रो हाफमा परिवर्तन भएका थिए । दोस्रो हाफमा खेल्न नपाएपछि रोनाल्डो र त्यस दिनको खेलका लागि टोलीमा नरहेका केही खेलाडी मैदान छोडेर गएको खुलासा भएको थियो ।

प्रिमियर लिगको पहिलो खेलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक टेन हागले यसबारे रोनाल्डोलाई आफूले गाली गरेको बताए । ‘मैले यसबारे टोलीमा रहेका खेलाडीलाई प्रष्ट भनेको छु । आउने दिनमा यसलाई सच्याउन भने र हामी अघि बढ्यौं,’ उनले भने ।

रोनाल्डोसँग यस विषयमा कसरि कुरा भयो भन्ने प्रश्नमा टेन हाग केही रिसाएर भने, ‘यसको मतलब के हो ? अब मैले को-को खेलाडी गए, सबैको बारेमा एक एक भन्नुपर्यो ? अन्य खेलाडी पनि बाहिरिएका थिए, तर रोनाल्डोलाई मात्र किन अघि सारियो ? यो ठिक होइन । रोनाल्डोजस्तो अन्य खेलाडी पनि छोडेका छन् ।’

रोनाल्डो र अन्य खेलाडीले मैदान छोड्नु ठिक थियो ? भन्ने प्रश्नमा टेन हागले उत्तर दिन चाहेनन् । ‘मलाई ल्गाच हामीले यसबारे चाहिने सब बोलेका छौं । त्यो ठिक थिएन । अब हामी अघि हेर्न चाहन्छौं,’ उनले थपे ।

रोनाल्डोले प्रि-सिजनमा म्यानचेस्टर युनाइटेडको अष्ट्रेलिया भ्रमण र प्रशिक्षण छुटाएका थिए । रोनाल्डोले क्लब छाड्न चाहेपनि उनलाई लिन इच्छुक क्लब नहुँदा उनी पुन: प्रशिक्षणमा सामेल भएका थिए । टेन हाग भने रोनाल्डो क्लबमा आउँदा आफू खुसी रहेको बताउँछन् ।

‘म धेरै खुसी छु । मैले यसअघि पनि भनेको थिएँ । रोनाल्डो उत्कृष्ट स्ट्राइकर हुन् । उनी टोलीमा रहनु र हाम्रो योजनाको पाटो हुन्,’ उनले थपे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.