default_image

2 years ago

August 7, 2022

म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग सिजन २०२२-२३ अन्तर्गत पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको हो । ब्राइटनको जितमा जर्मन मिडफिल्डर पास्कल ग्रसको दुई गोल गरे । युनाइटेडका लागि एलेक्स मक्कलिस्टरले गरेको आत्मघाती गोल सान्त्वना सावित भयो । ३० औं मिनेटमा ड्यानी वेल्बेकको पासमा […]

122 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग सिजन २०२२-२३ अन्तर्गत पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको हो ।

ब्राइटनको जितमा जर्मन मिडफिल्डर पास्कल ग्रसको दुई गोल गरे । युनाइटेडका लागि एलेक्स मक्कलिस्टरले गरेको आत्मघाती गोल सान्त्वना सावित भयो । ३० औं मिनेटमा ड्यानी वेल्बेकको पासमा पास्कल ग्रसले गोल गरे । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्यो । डेविड डे हेयाले बचाएको रिबाउन्डमा ग्रसले सहजै गोल गरे ।

प्रशिक्षक एरिक टेन हागले आजको खेलमा फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रोनाल्डोले प्रि-सिजनमा अष्ट्रेलिया भ्रमण गुमाएपछि अन्तिम मैत्रीपूर्ण खेलमा पहिलो हाफ खेलेका थिए । उनी रायो भालेकानोविरुद्ध मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान छाडेर बाहिरीएपछि निकै आलोचना समेत भएको थियो । प्रशिक्षक टेन हागले यसबारे आफू असन्तुष्ट रहेको समेत बताएका थिए ।

दोस्रो हाफमा रोनाल्डो मैदान प्रवेश गरेका थिए । तर उनले गोल गर्न भने सकेनन् । ६८ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नर क्लियर गर्ने प्रयासमा ब्राइटनका खेलाडी एक आपसमा जुध्दा बल आफ्नो पोस्टमा छिरेको थियो ।

आज भएको दोस्रो खेलमा लेस्टर सिटी र ब्रेन्टफर्डले २-२ को बराबरी खेले । लेस्टरले २-० को अग्रता लिएपनि खेल जित्न सकेन । लेस्टरका लागि टिमोथी कास्टाग्न र किएर्नान देज्बरी हलले गोल गर्दा ब्रेन्टफर्डका इभान टोनी र जोस डा सिल्भाले गोल फर्काए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.