default_image

2 years ago

August 7, 2022

हालान्डको सानदार डेब्युमा सिटीको जित

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालान्डले प्रिमियर लिग डेब्युमै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले सिजन २०२२-२३ को लिगमा विजयी सुरुवात गरेको छ । सिटीले वेस्ट ह्याम युनाइटेडको मैदानमा २-० को जित दर्ता गर्यो । हालान्डले लिगको पहिलो खेलको दुवै हाफमा १-१ गोल गर्दै सिटीलाई जित दिलाए । उनले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै […]

136 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालान्डले प्रिमियर लिग डेब्युमै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले सिजन २०२२-२३ को लिगमा विजयी सुरुवात गरेको छ । सिटीले वेस्ट ह्याम युनाइटेडको मैदानमा २-० को जित दर्ता गर्यो ।

हालान्डले लिगको पहिलो खेलको दुवै हाफमा १-१ गोल गर्दै सिटीलाई जित दिलाए । उनले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । इल्काए गुन्डोगनको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिएपछि उनलाई गोलरक्षकले लडाउँदा रेफ्रीले पेनाल्टी दिएका थिए । हालान्डले पेनाल्टीमा गोल गर्दै प्रिमियर लिगमा खाता खोले ।

दोस्रो हाफको ६५ औं मिनेटमा सुन्दर फिनिस गर्दै हालान्डले सिटीको अग्रता दोब्बर पारे । केभिन डे ब्रुएनले दिएको थ्रु पासलाई हालान्डले अफसाइड ट्रयाप बिट गर्दै पहिलो टचमै फिनिस गरेका थिए । उनले ह्याट्रिक पूरा गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

त्यसअघि सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले भने हार बेहोर्यो । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको हो ।

ब्राइटनको जितमा जर्मन मिडफिल्डर पास्कल ग्रसको दुई गोल गरे । युनाइटेडका लागि एलेक्स मक्कलिस्टरले गरेको आत्मघाती गोल सान्त्वना सावित भयो । ३० औं मिनेटमा ड्यानी वेल्बेकको पासमा पास्कल ग्रसले गोल गरे । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्यो । डेविड डे हेयाले बचाएको रिबाउन्डमा ग्रसले सहजै गोल गरे ।

प्रशिक्षक एरिक टेन हागले आजको खेलमा फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रोनाल्डोले प्रि-सिजनमा अष्ट्रेलिया भ्रमण गुमाएपछि अन्तिम मैत्रीपूर्ण खेलमा पहिलो हाफ खेलेका थिए । उनी रायो भालेकानोविरुद्ध मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान छाडेर बाहिरीएपछि निकै आलोचना समेत भएको थियो । प्रशिक्षक टेन हागले यसबारे आफू असन्तुष्ट रहेको समेत बताएका थिए ।

दोस्रो हाफमा रोनाल्डो मैदान प्रवेश गरेका थिए । तर उनले गोल गर्न भने सकेनन् । ६८ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नर क्लियर गर्ने प्रयासमा ब्राइटनका खेलाडी एक आपसमा जुध्दा बल आफ्नो पोस्टमा छिरेको थियो ।

आज भएको दोस्रो खेलमा लेस्टर सिटी र ब्रेन्टफर्डले २-२ को बराबरी खेले । लेस्टरले २-० को अग्रता लिएपनि खेल जित्न सकेन । लेस्टरका लागि टिमोथी कास्टाग्न र किएर्नान देज्बरी हलले गोल गर्दा ब्रेन्टफर्डका इभान टोनी र जोस डा सिल्भाले गोल फर्काए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.