default_image

2 years ago

August 8, 2022

बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी उपाधि

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । मेक्सिकन क्लब पुमास युनाममाथि ६–० को सानदार जित निकाल्दै उपाधि जित्न सफल भएको हो । बार्सिलोनाको सानदार जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले पहिलो […]

131 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । मेक्सिकन क्लब पुमास युनाममाथि ६–० को सानदार जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।

बार्सिलोनाको सानदार जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको तेस्रो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले गोलको खाता खोलेको थियो । पाँचौ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । १०औं मिनेटमा डेम्वेलेले गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले अघि बढ्यो ।

१९औं मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बार्सिलोनाले १९ मिनेटभित्रै ४–० को आरामदायी अग्रता लिन सफल भयो । ४९औं मिनेटमा परिवर्तित खेलाडी औवामियाङले गोल गरे ।

८४औं मिनेटमा अर्का परिवर्तित खेलाडी फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई सानदार जितसहित च्याम्पियन बनाए । बार्सिलोनाले पुमासविरुद्ध दोस्रो हाफमा सुरुवाती ११ मा खेलेका खेलाडीलाई परिवर्तन गरेको थियो । पुमासले पनि १० खेलाडी परिवर्तन गरेको थियो ।

पुमासबाट यसै समरमा बार्सिलोना छाडेका ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले पुमासबाट खेल्दै कप्तानी गरेका थिए ।बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५७ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ । गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो ।

एफसी कोल्नले दुईपटक तथा अज्पेस्ट, बोरुसिया मोन्चेनग्लाडवाक, इन्टर नासिनोल, पोर्टाे, मेचेलेन, टेरेरिफ, भ्यालेन्सिया, युभेन्ट्स, म्यानचेस्टर सिटी र साम्पडोरियाले समान एक पटक उपाधि जितेका छन् ।

बार्सिलोनाले यो सिजनको जोन ग्याम्पर ट्रफीका लागि इटालियन क्लब रोमालाई प्रस्ताव गरेपनि अन्तिम समयमा रोमाले नाम फिर्ता लिएपछि पुमाससँग खेल्ने तय भएको हो । जोन ग्याम्पर ट्रफीमै बार्सिलोनाको महिला टोलीले २३ अगस्टमा फ्रान्सेली मोन्टपेलिएरसँग खेल्ने तालिका छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.