default_image

2 years ago

August 8, 2022

‘हालान्ड गोल गर्नकै लागि जन्मिएका हुन्’

एजेन्सी – म्यानचेस्टर सिटीले यसै सिजन भित्र्याएका युवा फरवार्ड एर्लिङ हालान्डले प्रिमियर लिग डेब्युमै दुई गोल गरे । आइतबार वेस्ट ह्याम युनाइटेडविरुद्ध उनकै उत्कृष्ट प्रदर्शनमा सिटीले २-० को जित दर्ता गर्यो । खेलपछि बोल्दै प्रशिक्षक पेप गुआर्डीओलाले हालान्ड गोल गर्नकै लागि जन्मिएको र उनको प्रदर्शन अझै राम्रो हुने बताए । ‘हालान्ड यहाँ ५ वर्षका लागि […]

101 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले यसै सिजन भित्र्याएका युवा फरवार्ड एर्लिङ हालान्डले प्रिमियर लिग डेब्युमै दुई गोल गरे । आइतबार वेस्ट ह्याम युनाइटेडविरुद्ध उनकै उत्कृष्ट प्रदर्शनमा सिटीले २-० को जित दर्ता गर्यो ।

खेलपछि बोल्दै प्रशिक्षक पेप गुआर्डीओलाले हालान्ड गोल गर्नकै लागि जन्मिएको र उनको प्रदर्शन अझै राम्रो हुने बताए । ‘हालान्ड यहाँ ५ वर्षका लागि आएका छन् । आशा गरौं उनी यो सम्झौतापछि पनि थप यहाँ बस्नेछन् । हामी सबै नयाँ खेलाडी खुसी भएको हेर्न चाहन्छौं ।’

‘हालान्ड निकै प्रतिभाशाली खेलाडी हुन् । उनी लगातार गोल गर्दै आएका छन् तर हामी त्यसमा पनि केही थपेर उनलाई राम्रो खेलाडी बनाउन चाहन्छौं । गोल गर्ने खेलाडी मात्र होइन, उनलाई अन्य पक्षमा पनि सुधार गर्न लगाउँछौं । उनी गोल गर्नका लागि नै जन्मेका हुन् ।’

‘अघिल्लो साता कम्युनिटी सिल्डमा उनले प्रिमियर लिगमा अभ्यस्त हुन सक्दैनन् भनेको सुन्थें, आज उनलाई प्रिमियर लिगको शीर्ष खेलाडी हेनरी, सीअरर र रोनाल्डोसँग दाँज्दै छन् । मलाई थाहा छ गत साता उनले निकै आलोचना खेप्नुपर्यो । तर उनी शान्त रहे र प्रशिक्षणमा ध्यान दिए ।’

‘हालान्डले खेलमा पेनाल्टी पाएपछि बल लिएको क्षण मलाई मनपर्यो । उनी आफ्नो कुरामा स्पष्ट छन् । उनको व्यवहार हेर्दा बल कसैले खोस्यो भने कुट्छु भन्नेजस्तो थियो ।’

यता हालान्डले भने ह्याट्रिक पूरा गर्न नपाउँदा राम्रो नलागेको बताए । ‘मैले गुन्डोगनको क्रसमा गोल गर्नुपर्ने थियो । त्यो राम्रो भएन । तर सुरुवात राम्रो भयो । सिजनको सुरुमा मैदानमा केही समय पाउँदा सहज भएको छ । हामी अघि बढ्नुपर्छ ।’

‘आजको खेल हामीले प्रशिक्षणमा गरेको नियमित मिहिनेतको फल हो । हामी दिन प्रतिदिन राम्रो गर्दै जानेछौं । मैले गोल गरेको ३० मिनेट बितिसकेको छ र अब अझ आउने दिनको लागि मिहिनेत गर्नुपर्छ ।’

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.