default_image

2 years ago

August 8, 2022

पाँडे बर्खास्तीको माग एन्फा बैठकको एजेण्डा नबन्ने !

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्ने माग अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गतेका लागि तय कार्यसमिति बैठकमा एजेण्डाका रुपमा प्रवेश नपाउने भएको छ । १३ जनाको मागलाई आधार मान्दै शुक्रबार दुई उपाध्यक्षसहित सात जनाले ए पाँडेलाई बर्खास्त गर्ने आफूको निवेदनलाई बैठकमा एजेण्डाका […]

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्ने माग अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गतेका लागि तय कार्यसमिति बैठकमा एजेण्डाका रुपमा प्रवेश नपाउने भएको छ ।

१३ जनाको मागलाई आधार मान्दै शुक्रबार दुई उपाध्यक्षसहित सात जनाले ए पाँडेलाई बर्खास्त गर्ने आफूको निवेदनलाई बैठकमा एजेण्डाका रुपमा प्रवेश गराउन एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई सम्बोधन गर्दै अर्को निवेदन बुझाएका थिए ।एन्फा सदस्य पेमा डोल्मा लामाले शुक्रबार नै बुझाएको अर्को ४ वटा एजेण्डाले भने बैठकमा प्रवेश पाउने भएको छ ।

एन्फा महिला समितिकी अध्यक्ष समेत रहेकी लामा पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा डेमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका विषयमा एजेण्डा थप्न माग गरेकी थिइन् ।

‘अध्यक्ष ज्यूले पेमा जीले माग गर्नुभएको ४ वटा एजेण्डा बैठकमा थप गर्न निर्देशन दिनुभएको छ,’ एन्फा महासचिव किरण राईले भने,‘ अर्को माग भने एजेण्डाका रुपमा समावेश हुने छैन । तर त्यो विषयमा छलफल भने हुनेछ ।’ पाँडेको बर्खास्तीको निवेदनलाई एजेण्डामा समावेश गर्न माग गर्नेमा उपाध्यक्षद्वय विराटजंग शाही अर्का उपाध्यक्ष दीपक खतिवडा, सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, सरिला श्रेष्ठ, रविन्द्र चन्द ठकुरी र रमेश ब्यञ्जनकार रहेका छन् ।

अब एन्फा बैठकको एजेण्डा विविधसहित २२ वटा पुगेको छ । एन्फाले २६ गते कार्यसमितिको बैठक बस्ने भन्दै साउन १७ गते पदाधिकारी र सदस्यहरुलाई पत्रचार गरेको थियो । असार ६ गते निर्वाचित कार्यसमितिको दोस्रो पटक दुई पटक स्थागित भइसकेको छ । पहिलो बैठक असार ८ गते बसेको थियो ।

साउन २ गतेका लागि बोलाइएको बैठक अध्यक्ष नेम्बाङ अस्वस्थ भएका कारण स्थगित भएको थियो । त्यसपछि साउन ५ गतेका लागि डाकिएको बैठक एजेण्डामा नै प्रवेश नगरि अध्यक्ष नेम्बाङले स्थगित गरेका थिए । वरिष्ठ उपाध्यक्ष खड्कासहित पदाधिकारी र सदस्यहरुले उपस्थितिमा दस्तखत गर्नुअघि एजेण्डामा छलफल गर्नुपर्ने माग राखेपछि बैठक अघि बढ्न सकेको थिएन । उपस्थितिमा सहि गर्न उनीहरु तयार नभएपछि नेम्बाङले बैठक स्थगित गरिएको बताएको थियो ।

पाँडेको बर्खास्ती अहिले एन्फाका लागि पेचिलो बनेको छ । पहिलो बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गर्दा भने कार्यसमितिका १९ जनाले नै समर्थन गरेका थिए । सोही बैठकले राईलाई एन्फा महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको थियो । एक महिना पनि नबित्दै कार्यसमितिका बहुमत पदाधिकारी र सदस्यहरु आफ्नै निर्णयविरुद्ध उभिएका छन् ।

दोस्रो बैठकका लागि सुरुवातमा विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसी ५ र अर्का उपाध्यक्ष दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा पुगेको थियो । लामाको माग सम्बोधन गरेपछि एजेण्डा संख्या २२ पुगेको छ ।

एन्फामा २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन । असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ सदस्य पदका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।

एउटै प्यानलबाट निर्वाचित भएका पनि पाँडेको बर्खास्तीका विषयमा पदाधिकारी र सदस्यहरु अलग अलग समूहमा विभाजित भएका छन् । पाँडेको बर्खास्ती गर्दै निवेदन माग गर्ने अधिकांश पदाधिकारी र सदस्य अध्यक्ष नेम्बाङकै प्यानलबाट एन्फा कार्यसमितिमा निर्वाचित भएका थिए । नयाँ कार्यसमिति निर्वाचित भएपनि एन्फाले नियमित लय भने समात्न सकेको छैन ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.