3 years ago
August 9, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलकान्तरा ६ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण उनी ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

३१ वर्षीय अलकान्तराले प्रिमियर लिगको पहिलो खेलमा फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा चोट बोक्न पुगेका थिए । लगातार चोटसँग जुधिरहेका थियागोले एनफिल्डमा दुई सिजन बिताउँदा ४९ प्रिमियर लिगको खेल खेलेका छन् । उनी २०२० मा बायर्न म्युनिखबाट लिभरपुल आएका थिए ।
उनी अक्टोबर मध्यबाट खेलमा फर्कने क्लबले जनाएको छ । थियागोको चोटले लिभरपुललाई थप समस्या सिर्जना भएको छ ।एलेक्स अक्सलेड चेम्वरलेन, कर्टिस जोन्स, नावी केइटा र डिएगो जोटाले पनि चोटकै कारण टोलीसँग उपलब्ध छैनन् ।
थियागोले फुलहमविरुद्ध जोर्डन हेन्डरसन र फाविन्होले लिभरपुलको मिडफिल्ड सम्हालेका थिए । चोट बोकेपछि ५१औं मिनेटमा थियागोलाई हार्वे इलिओटले प्रतिस्थापन गरेका थिए ।
‘मलाई थाहा छ अब के आउनेछ, यो स्पष्ट छ । हामीले भन्यौ हामीलाई मिडफिल्डरको आवश्यकता छैन । हामीसँग पर्याप्त मिडफिल्डर छ । तर अब समस्या यो छ कि हामीले त्यही चीजको सजाय पाउदैछौं ।’ प्रशिक्षक योर्गेन क्लोपले भने, ‘हाम्रा प्राय मिडफिल्डर घाइते छन् । यो अवस्था राम्रो होइन । तर, हामी दवावमा छैनौं ।’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]