default_image

3 years ago

August 9, 2022

‘रियल म्याड्रिड र बेन्जेमाबारे सोचेका छैनौं’ – लेवान्डोस्की

282 views

0 Bookmark

एजेन्सी – यसै समरमा क्याटलान क्लब बार्सिलोना आएका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ला लिगा प्रतिद्वन्द्वी रियल म्याड्रिड र उनका फ्रान्सेली फरवार्डबारे केही नसोचेको बताएका छन् ।

‘म रियल म्याड्रिडविरुद्ध खेल्न सधैं तयार छु । उनीहरुविरुद्ध कसरी खेल्ने मलाई थाहा छ,’ लेवान्डोस्कीले भने, ‘गत सिजन उनीहरुले उत्कृष्ट र सफल समय व्यतित गरे । हामी उनीहरुलाई हराउन यहाँ छौं । हामीलाई थाहा छ यो गाह्रो हुनेछ । तर यो फुटबल हो ।’

‘रियल म्याड्रिडविरुद्ध मात्र होइन । हामी सबै सधैं तयार हुनुपर्छ किनभने त्यहाँ उत्कृष्ट क्लबहरु छन्,’ लेवान्डोस्कीले भने, ‘तपाईले सधैं आफ्नो उत्कृष्ट स्तरमा खेल्नुपर्छ । हामी हरेक खेल जित्न चहान्छौं । तर, यो चुनौतीपूर्ण हुनेछ ।’

‘म रियल म्याड्रिड र करिम बेन्जेमाको बारेमा सोचिरहेको छैन । एक उत्कृष्ट स्ट्राइकर जो वर्षौदेखि ला लिगामा छन् । मेरो लागि बार्सिलोनाबाट राम्रो खेल्नु महत्त्वपूर्ण हुनेछ । बेन्जेमासँग होइन,’ लेवान्डोस्कीले भने ।

लेवान्डोस्कीले आफ्नो अनुभव प्रयोग गरेर गत सिजन उपाधिविहीन बनेको जाभी हर्नान्डेजको बार्सिलोनालाई यो सिजन उपाधि जिताउन सहयोग गर्ने बताएका छन् । ‘उमेरले फर पार्दैन । यो अंक मात्र हो,’ लेवान्डोस्कीले भने, ‘म ३३ वर्षको महसुस गर्दिन । शारीरिक रुपमा राम्रो महसुस भइरहेको छ र मैले लगातार शीर्षस्तरमा खेलिरहेको जस्तो लाग्छ । मेरो अनुभवले टोलीलाई सकारात्मक प्रभाव पार्न सक्छ । टोलीसँग धेरै प्रतिभावान् र क्षमतावान् खेलाडी छन् ।’

‘अहिले सबै कुरा राम्रो चलिरहेको छ । हामीले सुरुदेखि नै हामी राम्रो अवस्थामा छौं भनेर देखाउनुपर्छ । टोलीको नेतृत्वदेखि व्यवस्थापनसम्म सबै राम्रो भइरहेको छ । प्रशिक्षक जाभीसँग पनि स्पष्ट योजना छ,’ लेवान्डोस्कीले भने, ‘प्रशिक्षकले मबाट के चाहन्छन् भन्ने मैले बुझेको छु । सोही कारण नै म बार्सिलोना आएको हुँ । प्रशिक्षकको स्पष्ट विचार छ ।’

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.