default_image

3 years ago

August 13, 2022

डन बस्कोको जितमा दीपाको २ गोल

292 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा न्यौपोन सम्मिलित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा जित हासिल गरेको छ ।

दीपाले २ गोल गरेको खेलमा डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो । यसै साता भारत गएकी दीपाले पहिलो खेलमा भने मौका पाएकी थिइनन् । पहिलो खेलमै उनी प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् ।

इमिरेट्सले खेलमा लिएको अग्रता जोगाउन सकेन । अनिथाको गोलबाट १४ औं मिनेटमा इमिरेट्सले अग्रता लिएको थियो । डन बस्कोकी प्रेश्माले २८ औं मिनेटमा बराबरी गोल गरिन् । ३६ औं मिनेटमा दीपाका गोलबाट डन बस्कोले अग्रता लिएको थियो ।

प्रेश्माले ५५ औं मिनेटमा र पुष्पाले ७९ औं मिनेटमा गोल गर्दा डन बस्को ४–१ ले अघि लागेको थियो । इमिरेट्सकी अल्फोन्सियाले गोल गर्दै अन्तर घटाएकी थिइन् । दीपाले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टोलीको जित अन्तरलाई फराकिलो पारिन् ।

६ वर्षयता पुलिसकी खेलाडी दीपा अर्को महिना स्वदेशमा हुने महिला साफ च्याम्पियनसिपको प्रारम्भिक छनोटमा परेकी थिइन् । केरेला लिगमा राष्ट्रिय टोलीकी सावित्रा भण्डारी सम्मालको गोकुलम केरेला एफसीले विजयी सुरुवात गरेको थियो । ११–० को जितमा सावित्राले ५ गोल गरेकी थिइन् ।

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

Success

Thank you for your time.