default_image

3 years ago

August 16, 2022

फिफाद्वारा भारतलाई अनिश्चित निलम्बन

408 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) मा बाहिरी शक्ति हावी भएपछि भारतलाई निलम्बन गरेको छ ।

फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो ।

फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ ‌‌।

फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्नेछ । सर्वोच्च अदालतले राखेको कमिटीले हस्तक्षेप गरेपछि मुद्दा परेकोमा फिफाले चेतावनी दिएपनि स्थानीय स्टेट संघहरु चुनावी प्रक्रिया अघि बढाउन असमर्थ रहेका थिए ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.