default_image

2 years ago

August 16, 2022

स्पेनिस युवा डिफेन्डर म्यानचेस्टर सिटीमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस युवा डिफेन्डर सर्जियो गोमेजलाई क्लबमा अनुबन्ध गरेको छ । सिटीले २१ वर्षीय युवा डिफेन्डर सर्जियोलाई बेल्जियन क्लब एन्डरलेक्टबाट ४ वर्षको लागि ११ मिलियन युरोमा क्लबमा आबद्ध गरेको हो । सिटीका पुर्व कप्तान भिन्सेन्ट कोम्पनीको नेतृत्वमा एन्डरलेक्टमा खेल्नुअघि सर्जियो क्याटलान क्लब बार्सिलोनाको एकेडेमीमा हुर्किएका खेलाडी हुन् । उनले बार्सिलोनामा […]

112 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस युवा डिफेन्डर सर्जियो गोमेजलाई क्लबमा अनुबन्ध गरेको छ । सिटीले २१ वर्षीय युवा डिफेन्डर सर्जियोलाई बेल्जियन क्लब एन्डरलेक्टबाट ४ वर्षको लागि ११ मिलियन युरोमा क्लबमा आबद्ध गरेको हो ।

सिटीका पुर्व कप्तान भिन्सेन्ट कोम्पनीको नेतृत्वमा एन्डरलेक्टमा खेल्नुअघि सर्जियो क्याटलान क्लब बार्सिलोनाको एकेडेमीमा हुर्किएका खेलाडी हुन् । उनले बार्सिलोनामा २०१० देखि २०१८ सम्म आफ्नो प्रतिभा निखारेका थिए ।

बार्सिलोनाको रिजर्भ टिममा रहिसकेका उनी २०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा पुगेका थिए । डर्टमुन्डमा रहँदा उनले झन्डै दुई सिजन लोनमा स्पेनिस क्लब हुएस्कामा बिताएका थिए । गत सिजन उनी बेल्जियन क्लबमा पुगेका थिए । त्यहाँ १ वर्षको बसाईपछि उनी सिटी आइपुगेका हुन् ।

यस क्लबको हिस्सा बन्नु भनेको सपना साकार भएको र जुनसुकै खेलाडीको चाहना सिटीबाट खेल्नु रहेको गोमेजले बताए । ‘म धेरै खुशी छु । म्यानचेस्टर सिटीले मलाई मौका दिएको छ । म मैदानमा उत्कृष्ट गर्ने प्रयास गर्नेछु । आशा छ, हामीसँगै मिलेर उत्कृष्टता आसिल गर्न सक्छौं ।’ गोमेजले भने । यस्तै गोमेजले आफ्नो करिअरमा कोम्पनीको ठुलो हात रहेको र उनीसँग काम गर्न पाउँदा गर्व लागेको बताए ।

‘म सानो छँदा म्यानचेस्टर सिटीको खेल हेरेको थिए । उहाँ टोलीको कप्तान हुनुहुन्थ्यो । उहाँ सबैका लागि रोल मोडल हुनुहुन्थ्यो । उहाँसँगै काम गर्नु मेरो लागि सम्मानको कुरा हो । उहाँप्रति म कृतज्ञ छु ।’ गोमेजले भने, ‘मैले केही दिनअघि उनीसँग कुरा गरेको थिए । मैले उनलाई म्यानचेस्टर सिटी जाने विकल्पबारे कुरा गरे, उनले मलाई यो आफ्नो लागि धेरै खुशीको कुरा रहेको र यो ठुलो कदमको लागि आँफुलाई गर्व लागेको बताउनु भएको थियो ।’

गोमेजले सिटीमा २१ नम्वरको जर्सी लगाउनेछन् । यो नम्वर यसअघि सिटीबाट चार प्रिमियर लिग र १० अन्य ट्रफी जित्दा स्पेनिस मिडफिल्डर डेभिड सिल्भाले लगाउँदै आएको थियो । ओलेक्सान्डर जिनचेन्कोको प्रस्थान र मार्क कुकुरेला अनुबन्धमा असफल भएपछि सिटीले नयाँ डिफेन्डरको खोजीमा रहेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.