default_image

2 years ago

August 17, 2022

इटालियन युवा डिफेन्डर टोटेनहममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन युवा डिफेन्डर डेस्टिनी युडोगीलाई क्लबमा अनुबन्ध गरेको छ ।टोटेनहमले युडोगीलाई सिरी ‘ए’ क्लब उडिनेसबाट १५ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो । इटालीको यू२१ बाट खेलिसकेका १९ वर्षीय डेस्टिनीले यो सिजन लोनमै उडिनेसमा बिताउनेछ । उडिनेसले गत वर्षको जुलाईमा युडिगोलाई हेलास भेरोनाबाट लोनमा क्लबमा आबद्ध गर्दै […]

81 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन युवा डिफेन्डर डेस्टिनी युडोगीलाई क्लबमा अनुबन्ध गरेको छ ।टोटेनहमले युडोगीलाई सिरी ‘ए’ क्लब उडिनेसबाट १५ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

इटालीको यू२१ बाट खेलिसकेका १९ वर्षीय डेस्टिनीले यो सिजन लोनमै उडिनेसमा बिताउनेछ । उडिनेसले गत वर्षको जुलाईमा युडिगोलाई हेलास भेरोनाबाट लोनमा क्लबमा आबद्ध गर्दै यसै वर्ष स्थायी खेलाडी बनाएको थियो । उडिनेसका लागि ३७ खेल खेल्दा उनले ५ गोल गरेका छन् ।

इभान पेरिसिक, रिचार्लीसन, फ्रेजर फोस्टर, यवेस बिसौमा, क्लेमेन्ट लेङ्लेट र जेड स्पेन्सपछि युडोगी यो समरमा टोटेनहममा आबद्ध हुने सातौ खेलाडी हो । युडोगीले स्पेनको उमेर समूह यू–१७, १७, १८, १९ र २१ सबैबाट आफ्नो प्रतिनिधित्व गरिसकेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.