3 years ago
August 17, 2022
दिपक बोहोरा ,पाँचथर
पाँचथरमा हुने पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्ड कप र पाँचथर गोल्ड कप आयोजना हुन नसकेको ३ वर्ष भइसकेको छ । त्यसको कारण हो, खेलमैदानको अभाव । गोल्डकप आयोजना हुँदै आएको फिदिम माविको खेलमैदान भत्किएपछि पुःन निर्माणमा सुरु भएको थियो । तर, पूर्न निर्णाणले ढिलाइ हुँदा गोल्ड कप मात्र होइन पाँचथरमा हुने अधिकांश खेलकुद गतिविधि ठप्प भएका छन् ।
स्थानिय खेलाडीहरुले अभ्यास गर्न पाएका छैनन् । नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि अभ्यास गर्ने खेल मैदान समेत सरदमुकाम फिदिममा छैन । फिदिममा खेल मैदानको अभावले नवौं राष्ट्रिय खेलकुदको छनोट आयोजना र प्रशिक्षण सदरमुकाम बाहिर गर्नु पर्ने अवस्था आएको छ ।
रंगशाला बनाउने भनेर २ वर्ष अगाडि तामझामका साथ सिल्यान्यास गरेको खेल मैदानको अवस्था अहिले पनि फेरि एको छैन । करिब २ वर्ष पछि पनि अवस्था बेहाल छ । १० करोड ६३ लाख ५७ हजारमा ठेक्का लागेको खेल मैदानको काम गएको असार मसन्तमा सक्ने सम्झौता थियो । १७ महिनाको सम्झौता यही असारमा सकिए पनि खेलमैदान निर्माणको कामको प्रगति न्यून जस्तै छ । अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको बताइएको छ ।
काम हुँदाहुँदै बीचैमा छोडिएको छ । खेलमैदानमा माटो थुप्रिएको छ, झार उम्रिएको छ । पाँचथर सदरमुकाम फिदिममा फुटबल प्रतियोगितालगायतका अन्य खेलकुद गतिविधि हुने फिदिम खेलमैदानलाई व्यवस्थित रंगशाला बनाउने कामले गति नपाउँदा स्थानीय चिन्तित छन् ।
ताप्लेजुङमा खेल मैदानको अभावको कारण सधै हुँदै आएको लाखेजात्राको अवसरमा सञ्चालन गरिने पाथिभरा गोल्ड कप फुटवल प्रतियोगिता यो वर्ष भएन । वि.स २०२९ सालदेखि विभिन्न नाममा निरन्तर रुपमा फुटबल प्रतियोगिता हुँदै आएको थियो । पछिल्लो दुई संस्करण भने कोरोना महामारीका कारण गर्न नसकेको आयोजकले बताएका छन् ।
विगतका वर्षमा खेल सञ्चालन गरिने भानुजन माविको खेलमैदान अहिले लथालिङ्ग छ । विद्यालयले कम्पाउण्ड लगाउने लगायतका काम गरिरहेकाले खेलमैदान प्रयोग गर्न सकिने अवस्थामा छैन । जसका कारण यसपटक फुटबल प्रतियोगिता आयोजना हुन सकेन ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार माबोका अनुसार जिल्लामा हुने खेलकुद प्रतियोगिताहरु र अभ्यासका लागि खेलमैदानको अभाव छ। नवौं राष्ट्रिय खेलकुदको लागि छनोट खेल आयोजना गर्न र खेलाडी प्रशिक्षण गराउन नै समस्या भइरहेको उनले बताए ।
मेची पहाडकै शानको रुपमा रहेको इलामको माइभ्याली गोल्ड कप हुने इलामको ठूलो टुडिखेलको अवस्था पनि नाजुक रहेको इलामका खेलकर्मीहरु बताउँछन् । नेपाली सेनाको स्वमित्वमा रहेको खेल मैदानको तल्लो भागमा पहिरो गए पछि इलामका अधिकांश खेलकुद गतिविधि ठप्प रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्वतमान केन्द्रिय सदस्य निरोज खड्की बताउँछन् । खेल मैदानको अभावमा सामान्य अभ्यास बाहेक खेल गतिविधि हुने अवस्था नरहेको उनले सुनाए ।
खेल मैदान व्यवस्थित गर्न नसक्दा पहाडी जिल्लाका प्रतिभाशाशी खेलाडीहरुले अवसर गुमाउँदै आएको फुटबल प्रशिक्षक पासाङ तामाङले बताए । केहि महिना अगाडि भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा समेत मेची पहाडी जिल्लाहरुको प्रर्दशन फितलो हुन्नुको मुख्य कारणनै खेलमैदान अभाव रहेको उनले बताए । उनले प्रश्न गरे ‘पहाडी जिल्लामा अभ्यास गर्न मैदान नै छैन । अनि कसरी नतिजा ल्याउने ?’
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]