default_image

3 years ago

August 18, 2022

फेलिक्सको लागि युनाइटेडको प्रस्ताव अस्वीकार

182 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज विंगर जोआओ फेलिक्सका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले राखेको ठुलो प्रस्तावलाई अस्वीकार गरेको छ ।

जुलाईको अन्त्यमा म्यानचेस्टर युनाइटेडले फेलिक्सको लागि १३५ मिलियन युरोको प्रस्ताव गरेको थियो । तर एट्लेटिकोले यो प्रस्तावलाई सोझै अस्विकार गरेको हो ।

एट्लेटिकोले सन् २०१९ मा फेलिक्सलाई १२७.२ मिलियन युरोमा क्लबमा आबद्ध गरेको थियो । त्यो भन्दा बढी रकमको प्रस्ताव आएपनि एट्लेटिकोले आफ्ना खेलाडीलाई बेच्न चाहेन ।

एट्लेटिकोमा सुरुवाती समयमा संघर्ष गरेपनि पछिल्लो समय उनले आफुलाई प्रमाणित गरेका छन् । उनी विश्वको उत्कृष्ट फुटबलर बन्नेमा क्लबका सिइओ मिगुएल एन्जेल गिल मरिन विश्वस्त छन् ।

फेलिक्स अनुबन्धको लागि युनाइटेडसँगै जर्मन महारथी बायर्न म्युनिख पनि दौडमा रहेको थियो । तर, अब एट्लेटिको फेलिक्सलाई क्लबमा राख्नेमा स्पष्ट देखिएको छ । २२ वर्षीय फेलिक्सले एट्लेटिकोका लागि तीन सिजनमा ११० खेलमा ३० गोल गरेका छन् ।

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

Success

Thank you for your time.