default_image

3 years ago

August 18, 2022

एन्फालाई अल्मुताइरीको जवाफ -समितिको वैधता माथि नै प्रश्न

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीमा कार्यवहाक प्रशिक्षक तोकेपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् ।

अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवाद भएपछि एन्फाले सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सोही छानविन समितिले दिएको प्रतिबेदनका आधारमा पत्र पठाउँदै एन्फाले अल्मुताइरीसँग जवाफ मागेको थियो ।

अल्मुताइरीले जवाफ पठाएको जानकारी दिदै एन्फा महासचिव किरण राईले भने,‘ सोचे जस्तो जवाफ चित्तबुझ्दो आएन । छानविन समितिको वैधतामाथि नै प्रश्न गर्नुभएको छ । समिति कानुनसम्मत नभएको जीकिर गर्नुभएको छ ।’

अल्मुताइरीले समितिलगायत अन्य विषयमा पनि पत्रमा उल्लेख गरेको महासचिव राईले बताए । ‘हामी पत्रको जवाफको अध्ययन गरिरहेका छौं । अध्ययनपछि यस विषयमा छलफल गर्नेछौं’, उनले भने । एन्फाले अल्मुताइरीका विषयमा निर्णय गर्ने अधिकार पनि राईलाई नै दिएको थियो ।

एन्फाले साउन २४ गते अल्मुताइरीलाई पत्र लेखेको थियो । त्यो भन्दा अघिल्लो साता नै पत्र पठाएको एन्फाले दाबी गरेपछि आफूलाई त्यस्तो पत्र प्राप्त नभएको भन्दै अल्मुताइरीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका थिए । साउन २४ गतेको फेसबुक स्ट्याटसमा अल्मुताइरीले सोही दिन मात्र एन्फाबाट पत्र पाएको पनि प्रष्ट पारेका थिए । उनले आफ्नो वकिलसँगको परामर्शपछि एन्फालाई जवाफ पठाउने बताएका थिए ।

अल्मुताइरीका बारेमा कुनै निर्णय नगरी एन्फाको साउन २६ गते बसेको कार्यसमितिको दोस्रो बैठकले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक तोकेको थियो । महासचिव राईले अल्मुताइरीको अवस्था अहिले यथास्थितिमा रहेको बताएका थिए ।

एन्फा महासचिव किरण राईले राईका अलमुताइरीले पत्र नै नपाएको थाहा भएपछि साउन २४ गते पुनः पठाइएको जानकारी दिएका थिए । वैशाखमा अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न एन्फाले ३ सदस्यीय समिति गठन गरेको थियो ।

पूर्व राष्ट्रिय खेलाडी राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए । त्यो समितिले १० दिन दिन लगाएर २८ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा अल्मुताइरीको कमजारी समेत औल्याउँदै समितिले ४ वटा बुँदामा सुझाव दिएको थियो । त्यसमा एसियन कप छनोट प्रतियोगिता पछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो । कुवेतमा एसियन कप छनोट खेलेपछि ३ महिनाको विदामा अल्मुताइरी उतै बस्दै आएका छन् ।

अलमुताइरीले मन्त्रालयको निर्देशनमा गठित समितिको सिफारिसलाई पनि लत्ताएका थिए । गत वर्ष दुई पत्रकार र एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङसँग विवाद बढेपछि राखेपले छानविन समितिले बनाएको थियो । ‘विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ,’ एन्फाद्वारा गठिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठिन छानविन समितिले अलमुताइरीका बारेमा निकालेको निष्कर्ष र सुझाव यस्तो छ ।

(१) मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एक्लौटी र स्वेच्छाचारी रुपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुंदा चेन अफ कमान्ड अनुसार कार्य गर्न निर्देशित गर्न सिफारिस गरिन्छ ।

(२) उहांको मुख्य जिम्मेवारी खेलाडी छनौट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापन सम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिन्छ ।

(३) एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटी छन् । मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल संभावनालाई समेत नकार्न सकिदैन । तसर्थः एसिया कप छनौट प्रतियोगिता पछि कतार एफ. ए. संगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।

(४) विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.