default_image

3 years ago

August 19, 2022

किरणको टोली माजिया एफए कपको फाइनलमा

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियसन माल्दिभ्सको प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

दुई पटकको च्याम्पियन माजियाले क्लब ग्रीन स्ट्रिटसलाई ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । माल्दिभ्समा बिहीबार राति भएको खेलमा माजियाको जितमा अकरम अब्दुल घानी, हम्जा मोहम्मद र मुसा यामिनले गोल गरे ।

अकरम अब्दुल घानीको गोलबाट माजियाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा ग्रीन स्ट्रिटसले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

त्यसपछि अतिरिक्त समयमा हम्जा मोहम्मद र वैकल्पिक खेलाडी मुसा यामिनले गोल गर्दै माजियाको फाइनल यात्रा तय गराए । माजियाले यसअघि २०१२ र २०१४ मा उपाधि जितेका थिए ।

माजियाले गत सिजन माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जितेको थियो । उनी लिगको उत्कृष्ट गोलरक्षकसमेत बनेका थिए । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए । माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ ।

मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्न सफल भएको थियो । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.