default_image

2 years ago

August 19, 2022

ला लिगामा यो साता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजन २०२२-२३ को दोस्रो साता चार फरक दिनमा १० खेल हुँदैछ । उपाधि दावेदार रियल म्याड्रिड र बार्सिलोना दुवै घरेलु मैदानबाहिर खेल्नेछन् । यो साताको शुक्रबार दुई खेल हुनेछ । रातको ११:४५ बजे एस्पान्योल र रायो भालेकानो भिड्नेछन् । पहिलो खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको भालेकानो डिएगो कोस्टा आएसँगै […]

131 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजन २०२२-२३ को दोस्रो साता चार फरक दिनमा १० खेल हुँदैछ । उपाधि दावेदार रियल म्याड्रिड र बार्सिलोना दुवै घरेलु मैदानबाहिर खेल्नेछन् ।

यो साताको शुक्रबार दुई खेल हुनेछ । रातको ११:४५ बजे एस्पान्योल र रायो भालेकानो भिड्नेछन् । पहिलो खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको भालेकानो डिएगो कोस्टा आएसँगै गोलको खाता खोल्न चाहन्छ । एस्पान्योलले पहिलो खेलमा २-० पछि परेको स्थितिबाट इन्ज्युरी समयमा पेनाल्टी गोल गर्दै २-२ को बराबरी खेलेको थियो । शुक्रबार मध्यरत १:४५ बजे (शनिबार विहान) सेभियाले रियल भालाडोलिडसँग खेल्नेछ ।

शनिबार रातको ९:१५ बजे ओसासुनाले क्याडिजसँग खेल्नेछ । लगत्तै ११:१५ बजे मायोर्का र रियल बेटिस भिड्नेछन् । दिनको अन्तिम खेलमा मध्यरात १:४५ बजे सेल्टा भिगोले रियल म्याड्रिडलाई निम्तो दिनेछ । पहिलो खेलमा २-१ को कठिन जित निकालेको रियल लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ ।

आइतबार रातको ९:१५ बजे एथ्लेटिक बिल्बाओ र भ्यालेन्सिया खेल्नेछन् । त्यसपछि ११:१५ बजेको खेलमा एटलेटिको म्याड्रिड र भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ । मध्यरात १:४५ बजे बार्सिलोनाले रियल सोसीडाडको मैदानमा खेल्नेछ । बार्सिलोनाको पहिलो जित दर्ता गर्ने लक्ष्यलाई विफल पार्न सोसीडाड तत्पर हुनेछ ।

सोमबार दुई खेल हुनेछन् । ११:४५ बजे एल्चे र अल्मेरिया खेल्नेछन् । त्यस्तै १:४५ बजे जिरोना र गेटाफेबीच प्रतिस्पर्धा हुनेछ ।

ला लिगामा यो साता :

शुक्रबार

११:४५ बजे – एस्पान्योल विरुद्ध रायो भालेकानो

१:४५ बजे (शनिबार विहान) – सेभिया विरुद्ध रियल भालाडोलिड

शनिबार

९:१५ बजे – ओसासुना विरुद्ध क्याडिज

११:१५ बजे – मायोर्का विरुद्ध रियल बेटिस

मध्यरात १:४५ बजे – सेल्टा भिगो विरुद्ध रियल म्याड्रिड

आइतबार

९:१५ बजे – एथ्लेटिक बिल्बाओ विरुद्ध भ्यालेन्सिया

११:१५ बजे – एटलेटिको म्याड्रिड विरुद्ध भिल्लारियल

मध्यरात १:४५ – रियल सोसीडाड विरुद्ध बार्सिलोना

सोमबार

११:४५ बजे – एल्चे विरुद्ध अल्मेरिया

मध्यरात १:४५ बजे – जिरोना विरुद्ध गेटाफे

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.