3 years ago
August 25, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । क्याम्प नोउमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमै पछि पर्नुका बावजुत बार्सिलोनाले खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । २९औं मिनेटमा औवामियाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए । बार्सिलोनाको त्यो अग्रता पनि लामो समय टिकेन । ७०औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
७८औं मिनेटमा परिवर्तित खेलाडी डिपाएले गोल गर्दै बार्सिलोनालाई पुनः ३–२ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई हारबाट जोगाए ।

सिजनको बिचमा मैत्रीपूर्ण खेल आयोजना गर्नुको कारण भने फरक रहेको छ । नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउन खेल आयोजना गरिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनमा पनि दिइनेछ ।
यसबाहेक खेलमा पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम संकलन गरिनेछ । उनलाई सन् २०२० मा एएलएस देखिएको थियो । उनी पेप बार्सिलोना प्रशिक्षक रहँदा गोलरक्षक प्रशिक्षक पनि रहेका थिए ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]